समाचार
हेटौँडामा आज प्रदेश ३ को सभामुख चयनको कार्यसूचि यस्तो छ, आजै शपथ ग्रहण हुने
-चन्द्र घलान मकवानपुर, २७ माघ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज संघीय नेपालको पहिलो सभामुखको चयन हुँदैछ । सभामुख चयनसँगै आजै शपथ ग्रहण कार्यक्रम समेत हुनेछ । सभामुखको लागि नेकपा एमालेका सानुकुमार श्रेष्ठको उम्मेदवारी रहने छ । उनी एमालेका पोलिटब्यूरो सदस्य हुन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका...
प्रदेश नम्बर ३ को सभामुखमा सानु श्रेष्ठ र उपसभामुखमा राधिका तामाङ निश्चित, निर्वाचन आज हुने
मकवानपुर २७ माघ । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा शनिबार प्रदेशसभाको दोस्रो बैठक बस्दैछ । आजको बैठकले सभामुख र उपसभामुख चयन गर्ने स्रोतले जानकारी दिएको छ । सभामुखको लागि नेकपा एमालेका सानुकुमार क्षेष्ठको उम्मेदवारी रहेको छ । उनी एमालेका पोलिटब्यूरो सदस्य हुन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका...
जिप्रकामा आधुनिक सूचना प्रणाली
भोजपुर, २७ माघ । जिल्ला प्रशासन कार्यालयमा आधुनिक सूचना प्रणाली जडान गरिएको छ । सेवाग्राहीलाई कार्यालयका सबै खालका सेवा तथा सूचना सहज रुपमा दिने उद्देश्यले सूचना प्रणाली जडान गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । सूचना प्रणालीबाट कार्यालयको विविध सूचना, नागरिक बडापत्रलगायतबारे सेवाग्राहीले सहज रुपमा जानकारी लिन सक्ने...
प्रदेशस्तरीय कराँते प्रतियोगिता आइतबार
बागलुङ, २७ माघ । काठेखोला गाउँपालिका–५ बिहुँकोटमा ४ नं प्रदेशस्तरीय कराँते प्रतियोगिता आइतबारदेखि हुँदैछ । बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगितामा ४ नं प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाबाट २६० खेलाडी सहभागी हुनेछन् । पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रत्येक जिल्लाबाट १८ खेलाडी र...
जिल्ला अदालतमा ४२ प्रतिशत न्याय सम्पादन
भक्तपुर, २७ माघ । जिल्ला अदालतले ४२ प्रतिशत न्याय सम्पादन गर्दै मुद्दा फछ्र्योट गरेको छ । न्यायालयको रणनीतिक योजनानुसार अदालतले कम्तीमा ६० प्रतिशत मुद्दा न्याय सम्पादन गरी फछ्र्योट गर्नुपर्ने भए तापनि पुस महीनामा दुई हजार १३१ मुद्दाको लगत कायम भएकामा ८९८ मुद्दा मात्रै फछ्र्योट भएको जिल्ला न्यायाधीश भोजराज शर्माले...
हावाबाट विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन
खजुरा बाँके, २७ माघ । खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत् निकाल्ने सकिने वा नसकिने यकिन हुने जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इञ्जिनीयर रामबाबु यादवले बताउनुभयो । खजुरामा पाँच महिनाअघि हावाको...
सिँचाइ मन्त्रालयका सचिवसमेत तीन बेपत्ता
धादिङ, २७ माघ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराउँदा सचिवसमेत तीन जना बेपत्ता भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव रामानन्द यादव, उहाँका छोरा सञ्जय र एक...
सत्यनिरुपण आयोगमा ६२ हजार उजुरी, सातै प्रदेशमा छानबिन
काठमाडौँ, २६ माघ । सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सम्बन्धमा छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशमा कार्यालय खोली छानविन अघि बढाएको छ । आयोगले आज जारी गरेको विज्ञप्तिमा उजुरी छानविनलाई छिटो र पीडितमैत्री बनाउन तत्कालका लागि सात प्रदेशमा उच्च अदालत रहेका स्थानमा आयोगको मुकाम स्थापना...
रेडियो अनमोलको नियमित प्रशारण प्रारम्भ
मकवानपुर, २६ माघ । मकवानपुरको कान्छो रेडियोका रुपमा स्थापित रेडियो अनमोल ९० मेगाहर्ज बिहीबारबाट नियमित प्रशारणमा आएको छ । हेडम्बा मिडीया प्रालिले सञ्चालन गरेको रेडियोमा बिहीबारदेखि नै समाचार तथा मनोरञ्जनका लागि विभिन्न कार्यक्रम प्रशारणको सुरुवात गरिएको छ । हेटौंडाको खोपेगल्लीमा स्टेशन रहेको रेडियो दुई महिना परीक्षण प्रशारण गरिएको थियो...
सुवर्ण गुरुङको हत्यारा १६ वर्षपछि पक्राउ,यसरी भाग्दै थिए मलेसिया
काठमाडौं, २६ माघ । काठमाडौं महानगरपालिका–१४ ठमेलस्थित जुलि स्टुडियो ५४ डिस्कोमा २०५८ कात्तिक १८ गते १९ वर्षीय सुवर्ण गुरूङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतको २०६४ पुस १ गतेको फैसला अनुसार जन्म कैद सजाय तोकिएका आतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरि शुक्रबार नेपाल ल्याइएको...









