समाचार

राक्सिराङमा ४० कठ्ठा गाँजा र अफिम फँडानी

राक्सिराङ, २६ माघ । बिहीबारमात्रै राक्सिराङका विभिन्न क्षेत्रमा गाँजा फँडानी र अफिम नष्ट गरेको मकवानपुर प्रहरीले शुक्रबार पनि त्यसलाई निरन्तरता दिएको छ । शुक्रबार राक्सिराङ गाउँपालिकाको वडा नम्बर ७ का विभिन्न स्थानमा गरि प्रहरीले अवैध गाँजा खेती अन्दाजी २० कठ्ठा र अफिम २० कठ्ठा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय...

८ सय ७८ जना हात्तिपाइले रोगबाट पिडीत

जितपुर, कपिलवस्तु, २६ माघ । यहाँ ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ ।  आव २०७३/०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् ।  सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं...

डोरमणि पौडेल बने एमालेकातर्फबाट प्रदेश नम्बर ३ का संसदिय दलका नेता

काठमाडौँ, २६ माघ । नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलका नेतामा मकवानपुरका डोरमणि पौडेल चुनिएका छन् । आज भएको चुनावमा उनले ३४ मत प्राप्त गरी संसदीय दलको नेतामा विजयी भएको एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिईन् ।पौडेलसँगै चुनावी मैदानमा रहेकी काठमाडौँकी अष्टलक्ष्मी शाक्यलाई उनले १० मतले...

प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मी र डोरमणिको कडा टक्कर, सुरु भयो मतदान

काठमाडौँ, २६ माघ । नेकपा एमाले प्रदेश ३ को संसदीय दलका नेता छान्नको लागि मातदान सुरु भएको छ । साढे १२ बजे गर्ने भनिएको मतदान केही अगाडि नै सुरु भएको हो । चुनावबाट विजयी हुने नेताले नै प्रदेश नम्बर ३ को मुख्यमन्त्री हुनेछन् । चुनावी मैदानमा काठमाडौँका अष्टलक्ष्मी शाक्य...

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

गाईघाट, उदयपुर, २६ माघ । उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक रंजीत विक रहेका छन् । प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा...

वनमा भीषण आगलागी हुँदा ५० भन्दा बढी घरगोठ उच्च जोखिममा

गुल्मी, २६ माघ । गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् । आगो...

समाज सचेतना साप्ताहिक पत्रिकाको विमोचन

मकवानपुर २६ माघ । समाज सचेतना साप्ताहिक पत्रिकाको विमोचन शुक्रवार भएको छ । साप्ताहिक तथा दैनिक पत्रिकाहरुको निकैनै भिड भएको मकवानपुरमा आज समाज सचेतना नामक पत्रिकाको पनि विमोचन गरीएको हो । आज मकवानपुरको हेटोंडामा आयोजित पत्रिका विमोचन कार्यक्रममा मकवानपुरका प्रमुुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला प्रहरी कार्यालयका प्रमुख विकास...

एमाले प्रदेश ३ को संसदीय दलको नेताका लागि निर्वाचन हुँदै, मकवानपुरका डोरमणिले मार्लान त बाजी ?

मकवानपुर, २६ माघ । नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि आज मध्यान्ह साढे १२ बजे निर्वाचन हुने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म मकवानपुरका प्रदेश सांसद डोरमणि पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको...

भत्केका स्वास्थ्य चौकी युएनडिपीले बनाइदिने

नुवाकोट, २६ माघ । विनासकारी भूकम्पले क्षति पुगेका यहाँका स्वास्थ्य संस्थामध्ये कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि नबनाएको भवन संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले बनाउने भएको छ । जिल्लाका दश स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको कोइकाले तोकिएको समयभित्र काम शुरु नगरेपछि युएनडिपीले निर्माण गर्ने भएको नुवाकोटका...

तिखेढुंगा–उल्लेरी पदमार्ग मर्मत

पोखरा, २६ माघ । अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगा–उल्लेरी पदमार्ग मर्मत गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु पाँच लाख र स्थानीय जनश्रमदान रु दुई लाख गरी कूल रु सात लाखको लागतमा उक्त मर्मत गरिएको हो । वार्षिक २५ हजार देखि ३० हजार पर्यटक पदयात्रा गर्ने सो पदमार्गअन्तर्गत उल्लेरीको उकालोमा ५०० मिटर...