समाचार
पाँच बर्षीया बालिका देखि ७० बर्षीया बृद्धा समेत बलात्कृत, ८० वर्षसम्मको संलग्नता
हेटौँडा, २५ माघ । बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि चुनौती थपिएको मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष आरती पाठक बताउनुहुन्छ । पाँच वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म...
पर्यटकको पर्खाइमा पञ्चासे
फलेवास, पर्वत, २५ माघ । पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन थालेका हुन् । होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकको संख्या बढ्न थालेसँगै स्थानीयमा...
स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ
महोत्तरी, २५ माघ । स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ । आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत रहनुभएका पूर्वमन्त्री पोखरेलले अहिले अधिकांश अस्पतालमा पूर्वाधार एवं जनशक्तिको अभाव रहेको सन्दर्भमा देशभरि नै...
निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण
विराटनगर, २५ माघ । प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गर्नुभएको थियो । सो अवसरमा निर्वाचित...
विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी
ललितपुर, २५ माघ । जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ । ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले गत साताबाट ‘विद्यालयमा शिक्षा’ कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिक नियमका बारेमा सिकाउन थालेको हो । एक सातामा नौवटा विद्यालयमा कार्यक्रम गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो ।...
प्रदेश नं ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी
सुर्खेत, २५ माघ । बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा...
परिवर्तन गरियो गाउँपालिकाको नाम
लहान, २५ माघ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ । परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ...
दैनिक दुई गाग्री पानीको भरमा गुजारा गर्छन् स्थानिय बासि
पाल्पा, २५ माघ । पाल्पा जिल्लाको रैनादेवी छहरा–३, भुवनपोखरीमा खानेपानीका मुहान सुक्दा खानेपानीको अभाव हुन थालेको छ । हिउँदमा पानी नपरेपछि यहाँका पानीका मुहान सुक्ने र कुवामा समेत पानी कम हुन थालेपछि पानीको अभाव यस वर्ष छिटो शुरु भइसकेको छ । स्थानीय बासिन्दाले प्रयोग गर्ने खानेपानी मुहानमा अहिले पानी...
ईन्द्र बानियाँ प्रमुख प्रतिपक्षी दलका नेता चयन
मकवानपुर, २५ माघ । पूर्व गृह राज्यमन्त्री तथा हाल प्रदेश नम्बर ३ का सांसद नेपाली काँग्रेसका मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता बनेका छन् । काँग्रेसले सरकार निर्माण गरेमा मुख्यमन्त्री बन्ने दाबी गरिरहेका उनी काँग्रेसले सरकार बनाउन नपाएपछि प्रमुख प्रतिपक्षी दलको नेता बन्ने भनेर पहिलेदेखि...
मान्छे क्यालोफोर्नियामा जन्मदिन मामाघरमा
मकवानपुर, २५ माघ । मकवानपुरको हेटौँडा–४ मा घर भई हाल क्यालोफोर्निया, सान्फ्रान्सिस्को बसोबास गरिरहेका निर्मलराज उप्रेतीले आफ्नो जन्मदिनका अवसरमा हेटौँडामा रहेको मामाघर नेपाललाई सहयोग गरेका छन् । सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा उप्रेतीले २७ औ जन्मोत्सवको अवसरमा जीवन मैनाली र बिबेक ढकालको हातबाट मामाघरमा संरक्षित भान्जाहरु सँग...









