समाचार
हेटौँडाको बसपार्कमा ब्रम्हलुट, पत्रकारलाई नै ठगेपछि सिडिओ सापको टोली बसपार्क अनुगमनमा
चन्द्र घलान/बलराम पुडासैनी हेटौँडा, २५ माघ । देशभरि नै व्यापारीहरुले सर्वसाधारणलाई ठगिरहेको समाचार बेला–बेलामा पत्रपत्रिका र अनलाईनमा आईरहन्छन् । त्यसका लागि विभिन्न छानविन समिति र बजार अनुगमन हुन्छन् तर समस्या सधैँ उस्तै रहेको तितो यथार्थ हाम्रो माझमा छ । यसै क्रममा हेटौँडामा समेत दिनदहाडै पत्रकारको टोली र सर्वसाधारणलाई ठग्न...
अस्पतालमा प्रभावकारी सेवा दिन ज्ञापनपत्र
सिमरा, बारा, २५ माघ । कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको छ । केही महिनादेखि अस्पतालमा सेवाग्राहीले...
त्रिशूलीमा ट्यांकर खस्दा चालक च्यापिए, सहचालक बेपत्ता
चितवन, २५ माघ । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको ट्यांकर त्रिशूलीमा खसेको हो । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ७...
विमानस्थलमा अब चैतसम्ममा परीक्षण उडान
मंगलबारे, इलाम, २५ माघ । इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो । सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सबग्रेड कार्य भइरहेको...
जिवनभर साथ दिने भनेर कसम खाने श्रीमानले छोडेपछि धनसरा भईन् सफल तरकारी व्यवसायी
अछाम, २५ माघ । भनिन्छ श्रीमान् र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । रथको एक पाङ्ग्रा नहुँदा रथ नै चल्न सक्दैन । परिवारको सफलतामा श्रीमान् र श्रीमती दुवैको एकअर्कालाई साथ हुनु पर्दछ । जीवनभर सँगै जिउने र सँगै मर्ने वाचा–कसम खाएर श्रीमान्–श्रीमतीका रुपमा कायम भएको नाता सम्बन्ध बीचमै...
मतदानबाट बञ्चित गराएको भन्दै जिल्ला समन्वय समिति महासंघद्वारा ध्यानाकर्षण
पोखरा, २५ माघ । राष्ट्रिय सभा निर्वाचनमा समन्वय समितिका पदाधिकारीलाई मतदानबाट वञ्चित गराइएकोप्रति जिल्ला समन्वय समिति महासंघ ४ नं प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघको ४ नं प्रदेश समितिका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई संविधानमै स्थानीय तह भनेर...
तराईबाट हलेसी जोड्ने बतासेघाटमा पुल बन्ने
खोटाङ, २५ माघ पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो । सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर...
मेलामा जाने एक भारतीयसहित दुईको मृत्यु
नवलपरासी, २५ माघ । मदारबाबा मेला आएका एक भारतीय नागरिकको बुधबार मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीबाट नौ किलोमिटर उत्तरतर्फ पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिकस्थल मजारमा पुग्न पहाड चढ्दै गर्दा लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महाराजगन्ज जिल्लाको खजुरिया बस्ने ५० वर्षीय...
स्नातकोत्तर तह सञ्चालनका लागि गर्यो महायज्ञ
ताप्लेजुङ, २५ माघ । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले क्याम्पसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको हो । अर्थ संकलनका लागि जिल्लामा गरिएको यो पहिलो...
३१ जना बेपत्ता, खोजतलास गर्दै प्रहरी
लिबाङ, रोल्पा, २५ माघ । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४/७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिनुभयो । हराएका मध्ये एक बालक र...






