ऋण व्यवस्थापन गर्ने ज्ञान दिन ३ दिने तालिम हेटौँडामा

तु खबर संवाददाता
२०७४ फाल्गुन ६, आईतवार १९:०७

मकवानपुर, ६ फागुन । ऋण व्यवस्थापन गर्न झन्झटिलो भएको अवस्थालाई सहज बनाउने उद्देश्यका साथ मकवानपुरको हेटौँडामा आईतबारदेखि ३ दिने ऋण व्यवस्थापन तालिम सुरु भएको छ ।

ग्रामिण भेगका सहकारीले ऋण सजिलै दिने तर असुली गर्न गाह्रो भएको अवस्थालाई आत्मासथ गरि जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा संघमा आवद्ध रहेका सहकारी संस्थाका प्रतिनिधिहरुलाइ तालिम दिइएको हो । ऋणका तौल तरिका, नीति नियम, विधिका विषयमा तालिम रहने संघका अध्यक्ष तथा उद्घाटन समारोहका प्रमुख अतिथि राधा सिन्तानले बताईन् ।

कार्यक्रममा बोल्दै सिन्तानले धेरै जसो ग्रामीण क्षेत्रमा ऋणको असुलीमा समस्या आएको भन्दै सोही समस्या समाधानका लागि तालिम सञ्चालन गरिएको बताईन् । उनले बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा धेरै मात्रामा समस्याहरु आएपछि यो ३ दिने तालिम गरिएको बताइन् । ऋण लगानीको उचित व्यवस्थापन गर्न नसक्दा भाका नाघेको र असुलीमा समस्या परेको सिन्तानले बताइन् ।

२७ जना सहभागी रहेको तालिमलाई ललितपुरमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कुमार खत्रीले सहजिकरण गरेका छन् । खत्रीलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले देशभरिको उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान गरेको छ । संघका कोषाध्यक्ष तथा तालिमका कार्यक्रम संयोजक विजय बहादुर बस्नेतको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*