समाचार

हेटौँडा, भिमफेदी र गढीका गरि ३ युवक पक्राउ

मकवानपुर, २४ माघ । मकवानपुरका विभिन्न गाउँपालिका तथा नगरपालिकाका गरि ३ युवकहरु मकवानपुरमा पक्राउ परेका छन् । प्रहरीले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार घलान, भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने १७ वर्षीय सुनिल लामा र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा बस्ने १८ वर्षीय जनक...

हेटौंडामा ७ मन्त्रालयको बोर्ड झुण्डियो, कार्यालय नभेट्दा जनतालाई सास्ती

–बलराम पुडासैनी मकवानपुर, २४ माघ । प्रदेश नम्वर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौंडाका केही सरकारी कार्यालयहरुमा ७ वटा मन्त्रालयहरुको बोर्डहरु टाँसिएको छ । हेटौँडा ३ नम्वर प्रदेशको अस्थायी राजधानी भएपछि प्रदेश सरकारको संरचना अनुसार मन्त्रालयहरुको स्थापना गर्ने तयारी भएको हो । जस अनुसार जिल्ला समन्वस समिति रहेको भवनमा...

पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ, २४ माघ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ । आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट...

प्रदेशसभा र सरकारको काम कारबाहीप्रति उत्सुकता

धनगढी, २४ माघ । प्रदेशसभाको पहिलो बैठक सम्पन्न भई सरकार गठनको पर्खाइमा रहेका प्रदेश नं ७ मा प्रदेशसभा र प्रदेश सरकारले गर्ने काम कारबाहीबारे स्थानीयवासीमा उत्सुकता जागेको छ । केन्द्रीय संसद् बैठक र सरकारका गतिविधिको अनुभव लिएका र सुनेका स्थानीयवासी प्रदेशस्तरमा पहिलो पटक संविधानअनुसार प्रदेश सरकारको व्यवस्था हुन लागेकोले...

प्रदेश नं ६ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न

सुर्खेत, २४ माघ । आज बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १ः३० बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । ९क०...

हेटौँडाका यी स्थानमा सर्न सक्छ फुटपाथ र सवारी पार्किङ, अटो र मयुरीलाई कता ?

-चन्द्र घलान मकवानपुर, २४ माघ । ३ नम्बर क्षेत्रको अस्थायी राजधानी मकवानपुरको हेटौँडामा अहिले सवारी तथा फुटपाथ व्यवस्थापनका लागि तिब्र तयारी चलिरहेको छ । फागुन १ गतेबाट पूर्ण रुपमा फुटपाथ हटाउने निर्णयमा पुगेको हेटौँडा उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघले सवारी पार्किङ र फुटपाथ व्यवस्थापनको...

छुटपूर्जी नदिँदा नेपाल प्रवेशमा सकस

वीरगञ्ज, २४ माघ । पश्चिमी पर्साको भिस्वा छोटी भन्सार कार्यालयले नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधानलाई छुटपूर्जीको व्यवस्था नगर्दा भारतीय गाडीधनीलाई नेपाल प्रवेशमा सकस भएको छ । सीमावर्ती भारतको सिक्टा बजारबाट दैनिक सयौँ भारतीय नम्बर प्लेटका गाडी नेपालतर्फ आउँदा भिस्वा भन्सार कार्यालयले सो गाडीको छुटपूर्जी नकाट्दा उनीहरुलाई छुटपूर्जीको लागि करिब...

ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने

काठमाडौँ, २४ माघ । न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट...

तलब नपाएपछि शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

भीमदत्तनगर, २४ माघ । दश महिनासम्म अध्यापन गरेको पारिश्रमिक नपाएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले मंगलबार विद्यालयमा तालाबन्दी गरेका छन् । आफूहरुलाई पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले चाँसो नदिएको भन्दै शिक्षकले सामूहिकरुपमा विद्यालयमा तालाबन्दी गरेका हुन् ।...

युनियनद्वारा पत्रकार ढकालमाथि भएको आक्रमणको निन्दा

काठमाडौँ, २४ माघ । पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । ‘नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा मंगलबार प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको...