समाचार
आगलागी हुँदा रु १५ लाखभन्दा बढी क्षति
विराटनगर, २४ माघ । उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको...
स्वास्थ्य बीमा गर्न तम्सिए सर्वसाधारण
भोजपुर, २४ माघ । स्वास्थ्य बीमाप्रति भोजपुरका स्थानीयवासी हौसिएका छन् । छोटो समयमा नै दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराइसकेको बीमा बोर्डका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिनुभयो । भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामा हालसम्म दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराएको तथ्याङ्कमा उल्लेख छ । श्रेष्ठका अनुसार हालसम्म...
एउटै काउली साढे चौध किलोको
बाबियाचौर, म्याग्दी, २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर...
मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा
सुर्खेत, २४ माघ । मुख्य मन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुग्नुभएको छ । सो मुद्दामा दुई फरक मत राख्दै आउनुभएका पूर्वगृहमन्त्रीहरुको मंगलबार साँझ बैठक बसेको हो । बैठकमा मिलेर मुख्यमन्त्रीको मुद्दा टुङ्ग्याउने सहमति भएको छ...
सडक दुर्घटना न्यूनीकरण हुँदै
लिबाङ, रोल्पा, २४ माघ । जिल्ला ट्राफिक कार्यालय रोल्पाका अनुसार पछिल्ला दिनमा रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै गएको छ । विगतका वर्षमा भन्दा हाल जिल्लामा धेरै सवारी साधन सञ्चालनमा रहे पनि सडक दुर्घटनामा भने कमी आएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका निमित्त प्रमुख प्रहरी हबल्दार शेरबहादुर थापाले जानकारी दिनुभयो ।...
भारत जाँदै गरेकी एक चेलीको उद्धार
जितपुर, कपिलवस्तु, २४ माघ । सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको हो । यहाँको बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया एक किशोरी भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार...
नयाँ रेशममार्ग समेट्दै नेपाली र चिनियाँ चित्रकला
काठमाडौँ, २४ माघ । नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले आयोजित ‘चुचुरामा पुग्दै’ शीर्षकमा आयोजित प्रदर्शनीले दर्शकको मन जितेको पाइएको छ । नेपाल कला परिषद् र ग्वान्जाउ आर्टिस्ट्स एशोसिएशनद्वारा परिषद्को कार्यालय बबरमहलमा आयोजित प्रदर्शनीमा समाजका विभिन्न क्षेत्रका दर्शक पुगेका छन् । प्रदर्शनी अवलोकनका लागि बाफलबाट आउनुभएकी जया...
प्रदेशसभा बैठकमा मातृभाषा छोडेर हिन्दीमा सम्बोधन
महेन्द्रनगर, धनुषा, २४ माघ । प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् । मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र...
पाँच दिनदेखि अचेत वृद्धको उद्धार
कञ्चनपुर, २४ माघ । कञ्चनपुरको शुक्लाफाटा–४, असैनामा पाँच दिनदेखि अचेत अवस्थामा रहेका करिब ६० वर्षीय भारतीय वृद्धको उद्धार गरिएको छ । असैना गाउँको अछामी टोल पीपल चौतारा नजिक एक काठको घरको भुइँतलामा अचेत अवस्थामा रहेका बेवारिसे वृद्धको प्रहरीको सहयोगमा मंगलबार उद्धार गरिएको हो । स्थानीयवासीले भारतीय भाषा बोल्ने वृद्ध...
सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४
पोखरा, २४ माघ । ‘सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४ लाई यहीँका साधनस्रोतले समृद्ध बनाउन सकिन्छ,’ सोमबार प्रदेश नं ४ को प्रथम ऐतिहासिक बैठकबाट बाहिरिएका प्रदेशसभा सदस्यबाट निस्किएको एउटै स्वर हो यो । जलस्रोत, कृषि र पर्यटनकै माध्यमबाट अन्य प्रदेशभन्दा यसलाई विकसित बनाउन सकिने बताउँदै सदस्यहरूले उपलब्ध साधनस्रोतकै...









