समाचार

आगलागीमा रु दश लाखको क्षति

नगरकोट, २३ माघ । चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश फर्निचर उद्योगमा बिहान २।३० बजे विद्युत् चुहिई आगलागी हुँदा काठ, प्लाई, दराज, यन्त्र, रङ, ग्यास सिलिण्डरलगायत सामान जलेर नष्ट...

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

चितवन, २३ माघ । पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ । हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमा चारकट्ठा...

‘हेटौँडा प्रदेशको राजधानी बने सांसदहरु भाडाको घरमा बस्न नपर्ने’ – मेयर

हेटौँडा, २३ माघ । प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो । मुख्य मन्त्री र मन्त्रीसँगै अन्य जिल्लाबाट आउने सांसदलाई पनि सरकारी...

कृषि सेवा केन्द्र स्थानीय तहमा

नुवाकोट, २३ माघ । जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ । छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय तह मातहत सञ्चालन हुने कानुनी प्रावधान भएकाले हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो...

अध्यक्ष राणा स्वास्थ्योपचारका लागि भारत प्रस्थान

काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गर्नुभएको छ । मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उहाँको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्नुहुनेछ । रासस

स्वास्थ्यचौकीमा चौबीसघण्टे ‘बर्थिङ सेण्टर’

फलेवास पर्वत, २३ माघ । महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ । गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा सञ्चालन गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गत वडा नं ५ लुखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि सो सेवा सञ्चालनमा...

अस्पतालमा बढ्दैछन् कुष्ठरोगी

ललितपुर, २३ माघ । गोदावरी नगरपालिकाको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचारका लागि आउने बिरामीको संख्या बर्षेनी बढिरेहको छ । बहिरङ्ग र भर्ना भएका बिरामीको संख्या बढिरहेको अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । अस्पतालको पछिल्लो पाँच वर्षको बिरामीको तथ्यांक हेर्दा हरेक वर्ष बढिरहेको देखिन्छ । सन् २०१७ मा सात...

कर्मचारी नहुँदा नगरपालिकाको काम प्रभावित

काठमाडौँ, २३ माघ । बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ । नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहँुदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो । ‘‘एक जना मात्र प्रशासन सञ्चालन...

विश्व सांस्कृतिक शान्ति पदयात्रा गरिने

काठमाडौँ, २३ माघ । चारुमती बुद्धिष्ट मिसन नेपालले अभयदानको संस्मरण र शान्तिको महत्वका बारे योगदान गर्ने उद्देश्यले काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्रा गर्ने भएको छ । आगामी वैशाख १ गते हुने उक्त यात्रामा विभिन्न धार्मिक आस्थाका धर्मावलम्बीलाई एकिकृत गरी आत्मिक एवं भौतिक शान्ति प्रदान गर्ने लक्ष्य राखिएको...

रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

उर्लाबारी, मोरङ, २३ माघ । बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य...