समाचार

हात देखाउँदा पानी आउने सेन्सर धारामा आकर्षण

पाल्पा, २३ माघ । पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि यसको प्रयोग बढेको हो । होटलमा पानी...

अनौठो गुफा, जहाँ देखिन्छ देवीदेवताको आकृति

बेनी, म्याग्दी, २३ माघ । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ । बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् । पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग...

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, २३ माघ । दुई दिनदेखि नेपाल टेलिकमद्वारा वितरित ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ । सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको...

पूर्वप्रजिअ चिया खेतीमा रमाउँदै

भोजपुर, २३ माघ । काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बन्नुभएको छ । सिडिओ भएर विभिन्न जिल्लामा काम गर्नुभएका र हाल अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको होम्तोकका गणेश राईले सहकारी संस्थामार्फत एक...

गैँडाको आक्रमणबाट एकको मृत्यु

रत्ननगर, चितवन, २३ माघ चितवनको माडीमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । वस्तु चराउन गएका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका–२ का २७ वर्षीय प्रेमराज ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । आइतबार साँझ गाईबस्तु फर्किंदा पनि ढुंगेल नफर्किएपछि खोजी शुरु गरिएको थियो । खोजी...

दरबन्दीअनुसार विद्यालयमा शिक्षक नहुँदा पठनपाठनमा समस्या

राजविराज, २३ माघ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा अन्य...

पन्ध्र वर्षमा बिहे, १६ वर्षमा सम्बन्धबिच्छेद

लिबाङ, रोल्पा, २३ माघ । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिनुभयो । रोल्पा नगरपालिकास्थित एक...

हेटौँडा बजारमा दर्ता नभएका ठेला र फुटपाथे व्यापारीको बिगबिगी

-चन्द्र घलान मकवानपुर, २३ माघ । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडा बजारमा दर्ता नभएको ठेला र व्यवसायी परिचय पत्र नभएका व्यापारीहरुको बिगबिगी रहेको बताइएको छ । मकवानपुर उद्योग वाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका र ट्राफिक प्रहरी समेतको समन्वयमा यही फागुन १ गतेदेखि बजार क्षेत्रको फुटपाथ पूर्ण रुपमा...

शहिद वासुदेवको स्मृति भवनमा ३ नम्बर प्रदेशको सभा बस्ने (फोटो फिचर)

मकवानपुर, २३ माघ । वि.सं. २०६२–०६३ को जन आन्दोलनमा शहिद भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङका शहिद वासुदेव घिमिरेको स्मृति भवन ‘वासुदेव सभागृह’ मा ३ नम्बर प्रदेश सांसदहरुको भवन बनाईने तयारी गरिएको छ । हेटौँडा–४ हुप्रचौरमा रहेको सभागृहलाई प्रदेश नंबर ३ को सांसद भवन वनाउने तयारी गरिएको प्रदेशसभा सचिवालय श्रोतले...

विद्यार्थी आन्दोलनको स्वरूप फेरिनुपर्छ

– सञ्जय कार्की ‘विद्यार्थी’ शब्दको पर्यायार्थ ‘विधा चाहने’ भन्ने बुझिन्छ वा भनौ नियमित रूपमा विद्याध्यनमा लाग्ने व्यक्ति ने विद्यार्थी हुन् । कुनै शिक्षण संस्थामा अध्ययनरत व्यक्ति नै विद्यार्थी हो । विद्यार्थी जीवन मानव जीवनको स्वर्णिम विहानी हो । ‘बिहानीले दिनको सङ्केत गर्छ’ भने झै विद्यार्थी अवस्थामा अनवरत अभ्यासको कसीमा...