समाचार

प्रदेश ४ को प्रदेशसभा बैठक दर्शकदीर्घाबाट

पोखरा, २३ माघ । सातै प्रदेशमा प्रदेशसभाका बैठक धमाधम शुरु भएसँगै जनता र राजनीतिक दलले लामो समयदेखि संघर्ष गर्दै आएको संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको टिप्पणी गरिएको छ । प्रदेशसभा नं ४ को प्रदेशसभा बैठकको दर्शकदीर्घामा रहेर अध्ययन गर्नुभएकी पूर्वसांसद बलावती शर्माले भन्नुभयो– यो बैठक बसिरहँदा हिजोदेखि हामीले संघर्ष...

सवारी दुर्घटनामा वार्षिक दुई हजारले गुमाउँछन् ज्यान

काठमाडौँ, २३ माघ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७, ०७१/७२ मा दुई हजार चार, ०७२/७३ मा दुई हजार छ, ०७३/७४...

एउटै कुकुरले टोकेर १३ जना घाइते

बर्दिवास, २३ माघ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिवास–१ को चोकबजार क्षेत्र र बर्दिवास–१४ को हटिया क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका...

एकीकृत बस्ती निर्माणकालागि पर्यो दश स्थान छनोट

नुवाकोट, २३ माघ । यहाँका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् । एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकको सुझावको आधारमा छनोट भएका दश स्थानको विस्तृत...

अब जिल्लाका तीन ठाउँमा ट्राफिक बत्ती राखिने

ललितपुर, २३ माघ । जिल्लामा तीन ठाउँमा ट्राफिक बत्ती राख्न लागिएको छ । यसअघि कुनै पनि ठाउँमा ट्राफिक बत्ती नभएकोमा ललितपुर जिल्लामा पहिलो पटक राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख (प्रहरी निरीक्षक)सीताराम हाछेथुले बताउनुभयो । जावलाखेलको अल्का अस्पताल अगाडि, पुल्चोकको मन्त्री क्वार्टर अगाडि र कुपण्डोलमा कानदेवतास्थानमा ट्राफिक बत्ती...

घुम्ती शिविरबाट पन्ध्रसयलाई नागरिकता

खोटाङ, २३ माघ । जिल्लाका दुई गाउँपालिकाका एक हजार ५०० भन्दाबढीले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका विकट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाभित्रका एक हजार ५१६ जनाले नागरिकता पाएका हुन् । गत...

अपडेट–मकवानपुर प्रहरीले पक्राउ गरेका दिपेन्द्र कसरी भागे अदालत परिसरबाट ?

-चन्द्र घलान मकवानपुर, २२ माघ । मकवानपुर प्रहरीले पक्राउ गरेका एक व्यक्ति म्याद थपका लागि अदालत लाँदै गर्दा अदालत नजिकैबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार लागुऔषध गाँजाको साथमा पक्राउ परेका सर्लाहीको मलङ्वा २ बस्ने १७ वर्षीय दिपेन्द्र साह अदालत परिसरबाटै...

अब हेटौँडाका सबै होटलमा सिसी टिभी क्यामेरा जडान गरिने

मकवानपुर, २२ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा संचालित बास सहितको सेवा भएको होटलको रिसेप्सनमा सिसी टिभी क्यामेरा जडान गरिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ, होटल व्यवसायी र जिल्ला प्रहरी कार्यालय मकवानपुर सहितको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय भए अनुसार बासको व्यवस्था रहेको होटल...

फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसाय बन्द, बन्द नगरे सामान जफत गरिने

हेटौँडा, २२ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको हेटौँडा बजारक्षेत्रमा फागुन १ गतेबाट फुटपाथ व्यवसाय बन्द गरिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघले आज फुटपाथ व्यवसाय संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा हेटौंडा बजार क्षेत्रलाई व्यवस्थित गर्न सडक पेटीमा हाल अव्यवस्थित फुटपाथ व्यवसायलाई पूर्णरुपमा आगामी फागुन १ गतेबाट...

जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन

काठमाडौँ, २२ माघ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्येक लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ । टेलिकमको १४औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमको उट्घाटन गर्दै मन्त्री बस्नेतले टेलिकमका आन्तरिक...