समाचार
पहिरोमा परी दुईजनाको मृत्यु
अछाम, २२ माघ । मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने नन्द विष्टको घर छाउने ढुंगा निकाल्ने क्रममा आइतबार माथिबाट पहिरो आई पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परेर...
नमूना बस्ती हस्तान्तरण गरिने
रौतहट, २२ माघ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजित...
९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै
धनगढी, २२ माघ । त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै हुनुहुन्छ । चारवटा दलका सांसद रहेको यस प्रदेशको संसद्मा सबैभन्दा बढी नेकपा ९एमाले०का २५ जना सांसद रहेका छन् । एमालेका सबै सांसद संसद्मा नयाँ अनुहार हुन् । नेकपा (माओवादी...
विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
काठमाडौँ, २२ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो...
प्रदेश नं ४ को सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते हुने
पोखरा, २२ माघ प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । रासस
सीप सिकेर स्वरोजगार बन्दै बेचबिखन तथा हिंसा प्रभावित चेली
रत्ननगर, चितवन, २२ माघ । बेचबिखन तथा हिंसा प्रभावित चेली अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । उनीहरुले कपडा सिलाउने, डल, कुसन बनाउने, हातेकडाइ, खाँदा, हाते ब्याग, सल, किरिङ, ह्याण्डी क्राफ्टलगायतका सामग्री बनाउन सिकेर स्वरोजगार बन्दै गएका हुन् । बेचबिखन तथा हिंसामा परेकाको उद्धार तथा पुनःस्थापनमा सक्रिय हुँदै...
ढुंगाले च्यापिएर दुईजनाको मृत्यु
अछाम, २२ माघ । मेल्लेख गाउँपालिका–१ रिसिदहमा ढुंगाले च्यापिएर दुईजनाको मृत्यु भएको छ । ढुंगाले च्यापिएर मेल्लेख गाउँपालिका–१ का ४० वर्षीय मनसिंह धामी र ४१ वर्षीय हरिदेव धामीको मृत्यु भएको हो । सोही ठाउँका नन्द विष्टको घर छाउन ढुंगा निकाल्ने क्रममा आइतबार दुवैजनाको मृत्यु भएको हो । ढुंगाले च्यापिएर...
पुल नबन्दा जनता समस्यामा
राजविराज, २२ माघ । सरकारी उदासिनताका कारण वर्षौंदेखि जीर्ण रहेको सप्तरीको अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ । सो सडकखण्डमा निर्माण कार्य भइरहेको अधिकांश पुलसमेत तोकिएको समयमा निर्माण कार्य हुन नसकेकाले पनि यहाँका जनता समस्यामा परेको छ । जिल्लाको दक्षिण र पश्चिम भेगकामा रहेका...
निर्वाचित प्रतिनिधि स्वागत एवं सम्मान कार्यक्रम गर्ने
विराटनगर, २२ माघ । नेपाली काँग्रेस मोरङ शाखाले प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गर्ने भएको छ । उक्त द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला सचिव नागेश कोइरालाले संंगठन विस्तार गर्न, प्रजातान्त्रिक विचारधारालाई जनतासमक्ष पु¥याउन र नेकाँको जनमत सिर्जना गर्ने उद्देश्यले...
आजदेखि हेटौँडामा मनलाग्दी भारी सवारी प्रवेश गर्न नपाईने
हेटौँडा, २२ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा आज सोमबारदेखि भारी सवारी साधनहरु जथाभावी मनलागेको समयमा प्रवेश गर्न नपाईने भएको छ । निश्चित समयमा मात्र भारी सवारी साधनहरुले प्रवेशको अनुमति पाउनेछन् । सवारी साधनको बढी चाप हुने समयलाई ध्यान दिँदै मकवानपुर उद्योग वाणिज्य संघमा आईतबार बसेको बैठकले भारी...








