मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार १५:२१

काठमाडौँ, ३ फागुन । मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनामा पछाडि बस्ने नाम, थर नखुलेका एक युवा घाइते भएका छन् ।

घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*