समाचार
प्रदेशसभाको पोशाकः दौरासुरुवाल, सुटप्यान्टस र साडीचोलो
पोखरा, २१ माघ । प्रदेश नं ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदैछ । प्रदेशसभा बैठकलाई लक्ष्य गरी नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रुपमा तयार गरिएको छ । सँगै रहेको भवनमा भने सचिवालय स्थापना गरी काम सञ्चालन शुरु गरिसकिएको छ । बैठकका लागि आवश्यक सबै तयारी अन्तिम...
कलह अन्त्य गर्दै लघुवित्त
बनेपा, २१ माघ । कमजोर आर्थिक अवस्थाले कलह ल्याउदो रहेछ तर सम्पन्न भएपछि सबै कलह अन्त्य हुँदै जादोरहेछ भन्ने अनुभूति एक लघुवित्त संस्थामा आबद्ध सस्यहरूले गर्न थालेका छन् । बनेपास्थित छिमेक लघुवित्त संस्थाको १३ औँं इकाइ भेलामा सफलताको कथा सुनाउदै काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– १० दाप्चाकी कल्पना देवकोटाले भन्नुभयो– “मेरो...
‘रामदतिवन जलेश्वर धाम’ ओझेलमा
जितपुर, कपिलवस्तु, २१ माघ । यहाँको वाणगंगा–९ मा रहेको ऐतिहासिक रामदतिवन धाम पर्यटन प्रवद्र्धनको राम्रो वातावरण भएपनि उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । यहाँको पूर्व–पश्चिम राजमार्ग वनगाई खार्खानदीदेखि सात किलोमिटर उत्तर विशाल जंगलभित्र अबस्थित ऐतिहासिक र पुरातात्विक महत्वको पवित्र तीर्थस्थलबाट बग्ने नदीलाई ‘श्रीराम दतिवन जलेश्वर...
मतदातालाई प्रशिक्षण
सुर्खेत, २१ माघ । प्रदेशसभाको आज अपराह्न बैठक शुरु हुनुपूर्व बिहान बसेको वाम गठबन्धनको बैठकले प्रदेश बैठकमा कसरी प्रस्तुत हुने र दलबाट कसले धारणा राख्ने भन्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारे प्रदेशसभा सांसद, नगरपालिका÷गाउँपालिकाका प्रमुख र उपप्रमुख...
प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न सल्लाह
विराटनगर, २१ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गर्नुभएको छ । प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिनुभयो । पार्टी महासमितिको बैठक चाँडो बस्नुपर्ने...
सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको मृत्यु
चितवन, २१ माघ । पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो । स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर भएकी...
मानवअधिकार प्रतिष्ठानका अध्यक्षमा कोजू
नगरकोट, २१ माघ राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुरका अध्यक्षमा राजेन्द्र कोजूका अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चुनेको छ । शनिबार सम्पन्न प्रतिष्ठानको वार्षिक साधारणसभाबाट निर्वाचित उपाध्यक्षमा नवराज घिमिरे, सचिवमा सञ्जीव खनाल र सहसचिवमा रत्नबहादुर राई तथा सदस्यमा विश्वराम दुवाल, शिवहरि खनाल र गोकर्ण दाहाल रहनुभएको छ । सभाको उद्घाटन गर्दै प्रतिष्ठानका...
पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने
पोखरा, २१ माघ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ । खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो । आगामी दक्षिण एसियाली खेलकुद९साग०का छ खेल...
लागुऔषधसहित एकजना पक्राउ
काठमाडौँ, २१ माघ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ । प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो । गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल,...
अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या
काठमाडौँ, २१ माघ । चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई उजागर गर्न मद्दत गर्छ । छालाको रङ कस्तो छ...








