समाचार
सुतिरहेकै बेला पर्यटन व्यवसायीको मृत्यु
चितवन, २१ माघ । रासस पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो । स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर...
आगलागीमा ५ वर्षीय बालकको ज्यान गयो, लाखौँ जल्यो
काठमाडौँ, २१ माघ । मुलुकका विभिन्न स्थानमा भएको आगलगीमा एकजनाको ज्यान जानुका साथै लाखौँको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी फुयाल गाउँ बस्ने देवकी चापागाईको जस्ताले बनाएको टहरोमा शनिबार आगलागी हुँदा उक्त स्थानमा खेली रहेका सोही ठाउँ बस्ने ईश्वर फुयालको ५ बर्षीय छोरा ईसान...
सवारी दुर्घटनामा ५ जनाको मृत्यू
काठमाडौं, २१ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको छ्ट्टाछुट्टै सवारी दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित सडकमा बा.३ ख ३३२६ नम्बरको टिपरले भक्तपुर सुर्यबिनायक नगरपालिका–१० बस्ने ५५ वर्षीय पैदलयात्री बद्री खड्कालाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले...
सुर्खेतमा मतदातालाई प्रशिक्षण
सुर्खेत, २१ माघ । रासस प्रदेशसभाको आज अपराह्न बैठक शुरु हुनुपूर्व बिहान बसेको वाम गठबन्धनको बैठकले प्रदेश बैठकमा कसरी प्रस्तुत हुने र दलबाट कसले धारणा राख्ने भन्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारे प्रदेशसभा सांसद, नगरपालिका÷गाउँपालिकाका प्रमुख र...
ओलीको धम्कीपछि प्रचण्डका सहयोगीले हटाए फेसबुक स्टाटस, के थियो एमालेलाई तरङ्गित पार्ने स्टाटस ?
काठमाडौं, २१ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोपहरु लगाउदै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् । भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर प्रचण्डका प्रेस संयोजक मनोहरी तिमल्सिनाले ओलीको...
थोत्रा गाडी र अव्यवस्थित सडकको कारण दुर्धटना बढ्यो : पृथक
मकवानपुर २१ माघ । नेपाल यातायात मजदुर संघको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । मकवानपुरको हेटौंडा औधोगिक क्षेत्रको सभाहलमा भएको सम्मेलन कार्यक्रममा यातायात मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्कीको प्रमुख आथित्यता र नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य कमान सिं पाख्रिन पृथकको विशेष आथित्यतामा सम्पन्न भएको हो ।...
एमालेले प्रदेश नं २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने
महेन्द्रनगर, धनुषा, २० माघ रासस : प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा एमालेको संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ । एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट...
शेयर बजार : एक अर्ब बढीको कारोबार
काठमाडौँ, २० माघ (रासस) : धितोपत्र बजारमा यस साता रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर बिक्री भएको थियो । कारोबार रकम गत साताको भन्दा २१ दशमलव २८...
जिल्ला प्रशासनमै रु पाँच सयको नक्कली नोट
नुवाकोट, २० माघ (रासस) : जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो रु पाँच सयको नक्कली नोट फेला परेको छ । प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो । राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच...
द्रुतमार्ग निर्माण द्रुत गतिमा
मकवानपुर-नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ । पाँच स्थानबाट एकैसाथ काम अघि...









