समाचार

आदिवासी समुदायद्वारा ‘सामुदायिक होमस्टे’ सञ्चालन

रत्ननगर, चितवन, २१ माघ । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ । यहाँका थारू, दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ वटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्येवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी (डेविट)ले जानकारी दिनुभयो ।...

सय भन्दा बढीलाई गरियो नागरिता प्रदान

भोजपुर, २१ माघ । भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ । शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । त्यस्तै कृषितर्फ...

कसले दियो हुप्रचौरमा कन्सर्ट गर्ने स्विकृति ?

मकवानपुर, २१ माघ । मकवानपुरको हेटौंडामा रहेको हुप्रचौरमा हिजो वल्र्ड लिंक ईन्टरनेटको आयोजनामा कन्सर्ट भयो । हुप्रचौरलाई खेलमैदानको रुपमा स्थापित गर्ने भन्दै हेटौंडा उपमहानगरपालिकाले अन्य सांस्कृतिक कार्यक्रमहरु गर्नको लागि रोक लगाउँदै आएको थियो । तर शनिबार भएको कन्सर्टलाई किन नगरपालिकाले स्विकृति दियो भन्ने विषयमा अहिले मकवानपुरवासीहरुले सामाजिक संजाल मार्फत...

टिपर दुर्घटनामा दुईजनाको मृत्यु

महेन्द्रनगर, धनुषा, २१ । धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटना परेर मृत्यु...

भीडबाट खसेर एकको मृत्यु

रुकुम, २१ माघ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीडबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीडबाट लडेर मृत्यु भएको हो । बाटोभन्दा करिब सय मिटर तल खसेको र उहाँको घटनास्थलमा...

गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने प्रण

कञ्चनपुर, २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गर्नु भएको छ । घरपालुवा गाई सडकमा छाडिएपछि उहाँले कठोर निर्णय लिनुभएको हो । उहाँले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छाड्नु...

प्रदेश नं ५ को पहिलो बैठक आजदेखि शुरु

बुटवल, २१ माघ । राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि यहाँ शुरु हुँदैछ। प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गर्नुभएको छ । बैठकका लागि प्रदेश सभाका सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल चिटिक्क सजाइएको छ । अधिवेशनका...

विशेषज्ञ चिकित्सक नहुँदा सेवामा समस्या

पथरी, मोरङ, २१ माघ । सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ । दरबन्दी पूर्ति हुन नसक्दा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको सेवा आठौँँ तहका मेडिकल अफिसरले दिनुपर्ने बाध्यता छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा...

बैंकिंग क्षेत्रको विकासमा जोड

काठमाडौँ, २१ माघ । देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा व्यवसायीहरुले जोडदिएका छन् । उनीहरुको बैंकिंग एक्सपोबाट आर्थिक क्षेत्रमा काम गर्ने तथा अभिरुचि राख्ने जिज्ञासुलाई केही सन्देश दिइने भए पनि संगठित रुपमा देशको आर्थिक विकास गर्न सरकार तथा...

पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने

पोखरा, २१ माघ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिए । आगामी दक्षिण एसियाली खेलकुद९साग०का छ खेल...