समाचार

सडक सञ्चालन भएपछि स्थानीयवासी हर्षित

धनकुटा, २२ माघ । धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् । ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइ रहेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति...

पत्रकार रिमाल पुरस्कृत

विराटनगर, २२ माघ । नेकपा९एमाले०का नेता शेरधन राईले देशमा राजनीतिक स्थिरता एवम् सुशासन कायम राखी विकासलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बीसौँ प्रेस चौतारी दिवसका अवसरमा कृष्णप्रसाद सिग्देल स्मृित प्रतिष्ठानद्वारा स्थापित ‘युवा पत्रकारिता पुुरस्कार’ आइतबार यहाँ वितरण गर्दै सो कुरा बताउनुभएको हो । नेता राईले स्थानीय उद्घोष...

पैँतीस प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

चौतारा, २२ माघ । भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् । जिल्लामा भूकम्प पीडित लाभग्राही ७८...

बाघ गणनाका लागि २६० जोर क्यामेरा

कञ्चनपुर, २२ माघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो । बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताउनुभयो ।...

यसरी परे चेपाङ काईला आफ्नो घरबाट पक्राउ

मकवानपुर, २२ माघ । मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने ४५ बर्षीय चेपाङ काइला भन्ने भोजबहादुर प्रजालाई लागूऔषध गाँजा ३ के.जी. सहित प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा ३ जना व्यक्तिहरुले गाँजा बोकी आउदै गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोली आइतबार उक्त स्थानमा पुग्दा प्रहरीलाई...

मकवानपुरका युवक यसकारण परे काठमाडौँमा पक्राउ

काठमाडौँ, २२ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका–३ आग्रा घर भएका २९ बर्षीय हक्तराम तामाङलाई प्रहरीले अवैध लागूऔषध चरेश २ के.जी.सहित पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा चेक प्वाईन्टमा चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख ८८१९ नम्बरको यात्रुबाहक बसलाई आइतबार चेक गर्दा तामाङले बोकेको झोलाबाट उक्त चरेश बरामद...

उद्योग वाणिज्य संघको ३ वर्षे योजना : औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धनदेखि वैदेशिक अध्ययन अवलोकन भ्रमणसम्म

मकवानपुर, २१ मघ । मकवानपुर उद्योग वाणिज्य संघको त्रिबर्षीय विस्तृत योजना सहितको २ दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्ष तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित तीन बर्षीय...

बाँचुन्जेल विद्यार्थीलाई पोषाक दिने मकवानपुरे एक नेताको घोषणा

मकवानपुर, २१ माघ । नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी शङ्कर न्यौपानेले आफू ज्यूँदो रहँदासम्म चेपाङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक बर्ष पोशाक उपलब्ध गराउने घोषणा गरेका छन् । मनहरी गाउँपालिकाको वडा नम्बर ४ स्थित ट्वाङ्ग्रामा रहेको चेपाङ प्राविका बिद्यार्थीलाई आफू बाचुञ्जेल बर्षेनी विद्यालय पोशाक उपलब्ध गराउने उनले उद्घोष गरेका...

नेपालको आर्थिक विकासमा भारतले सघाउने

काठमाडौँ, २१ माघ । भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतानुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ । भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्व वर्गलाई आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिनुभएको हो । भारतले...

जुवा खालबाट रु तीन लाखसहित सात जना पक्राउ

भक्तपुर, २१ माघ । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । प्रहरीले जुवाखालबाट ताससँगै रु...