केपी ओली बने नेपालको प्रधानमन्त्री

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार १४:१२
तस्बिर–गुगल

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ ।

एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आजै ४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ हुनेछ । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*