हेटौँडाको रातामाटेबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन २, बुधबार १८:०६

मकवानपुर, २ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले २ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय जगदिश राम र वडा नम्बर ७ बस्ने २० वर्षीय राजन साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिपराज झाले जानकारी दिए ।

माघ २९ गते साँझ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा अवस्थित चेकपोष्टमा हेटौडाबाट बिरगंजतर्फ जाँदै गरेको ना.६ ख. ८४२४ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसमा सवार उनीहरुका साथमा अवैध लागुऔषध गाँजा ४ किलो ४ सय ग्राम सहित पक्राउ गरिएको हो । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*