श्रीमानले कुटेर गर्यो श्रीमतीको हत्या

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार १६:२३

भीमदत्तनगर, ३ फागुन । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ ।” इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले भन्नुभयो, “सम्झाउने क्रममा विवाद हुँदा बिरुले थप्पड हान्दा श्रीमतीको ज्यान गयो ।” बिहीबार बिहान घटनास्थल पुगेर प्रहरी टोली थप अनुसन्धान गरिरहेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*