समाचार
सम्मानित भए प्रदेशसभाका दलित सांसद
सुर्खेत, २४ माघ । प्रदेश नं ६ बाट निर्वाचित दलित समुदायका प्रदेशसभा सांसदहरुलाई सुर्खेतमा सम्मान गरिएको छ । नेपाल दलित मुक्ति मोर्चा ६ नं प्रदेश समितिको आयोजनामा मंगलबार उहाँहरुलाई सम्मान गरिएको हो । यो प्रदेशबाट प्रत्यक्ष तथा समानुपातिकका पाँचजना सांसदलाई स्वागत तथा सम्मान गरिएको हो । ६ नं प्रदेशअन्तर्गत...
राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज मतदान हुँदै
काठमाडौँ, २४ माघ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हँुदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ । मतदानका लागि छ...
बालबोध माविको ६७ औँ वार्षिक उत्सवमा विविध कार्यक्रम
मकवानपुर, २३ माघ । हेटौंडा–१७ मा रहेको बालबोध माविले विविध कार्यक्रम गरेर ६७ औं वार्षिक स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी मनाइएको स्थापना दिवसको मंगलबार समापन गरिएको छ । स्थापना दिवसमा विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । समापन कार्यक्रममा खेलकुद, हाजिरी जवाफलगायतका प्रतियोगितामा सहभागीलाई पुरस्कार प्रदान...
हाडनाता करणी मुद्धामा फरार रहेका हेटौँडाका सिवाकोटी जेल चलान
मकवानपुर, २३ माघ । हाड नाता तथा जबरजस्ती करणी मुद्धामा कैद तोकी फरार रहेका मकवानपुरका एक मानिसलाई पक्राउ गरि सजाय भुक्तानका लागि जेल चलान गरिएको छ । प्रहरीले फरार रहेका हेटौँडा ११ बस्ने पुरुषोत्तम सिवोकाटीलाई पक्राउ गरेको हो । मकवानपुर जिल्ला अदालतको मिति २०७३ फागुन १ गतेको फैसलाले जवरजस्ती...
८ महिना तलब नपाएपछि मकवानपुरमा शिक्षकहरुद्वारा सामुहिक राजिनामा, एक जनाको भरमा विद्यालय
-यादव चौलागाईँ मकवानपुर, २३ माघ । मकवानपुरको बकैया गाउँपालिका वडा ६ मा रहेको जनस्थापित रत्न आधारभूत विद्यालय झोलखानीका शिक्षकहरुले सामुहिक राजिनामा दिएपछि पठनपाठनमा समस्या भएको छ । वि.सं. २०६३ सालमा स्थापित प्राथमिक विद्यालयमा ८ महिना देखि तलबभत्ता नपाएपछि शिक्षकहरुले राजिनामा दिएका हुन् । निजि स्रोतबाट नियुक्त गरिएका ३ जना...
चाँडै वाम एकताको प्रक्रिया टुङ्गिने
काठमाडौँ, २३ माघ नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताउनुभएको छ । इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा...
एमबिबिएस पढ्न पाउनुपर्ने स्वास्थ्य सहायकको माग
काठमाडौँ, २३ माघ । सामान्य चिकित्सामा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकालाई निःशर्त सम्बन्धित विषयको माथिल्लो तह एमबिबिएस अध्ययन गर्न पाउनुपर्ने माग स्वास्थ्य सहायकले गरेका छन् । स्वास्थ्य सहायकहरुले विगतमा आफूहरुलाई एमबिबिएससहित उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था भएकामा रोकेर प्रवेश परीक्षामा सामेल हुन नदिनु चिकित्सा शिक्षाको निरङ्कुशता भएको गुनासो गरेका...
पोखरीमा डुबेको शव निकालियो
गौशाला, माघ २३ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १० मा पोखरीमा डुबेर तैरिरहेको अवस्थामा एक पुरुषको शव निकालिएकोे छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार जलेश्वर–१० बस्ने ६० वर्षीय श्रीनारायण मण्डलको आफ्नै घर अगाडि रहेको सार्वजनिक पोखरीमा डुबेर तैरिरहेको अवस्थामा शव...
प्रदेश नं १मा एमालेबाट संसदीय दलको नेता बन्न तीनजनाको दाबी
विराटनगर, २३ माघ नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ । सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन...
प्रदेश नं ५ को निर्वाचन तयारी पूरा
तुलसीपुर, दाङ, २३ माघ । राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् । एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले मतदान...









