समाचार

हेटौँडामा पार्किङ क्षेत्र खोज्दै ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ र उपमहानगरपालिका, अब के हुन्छ ?

–चन्द्र घलान मकवानपुर, २४ माघ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै मकवानपुरको हेटौँडामा सवारी व्यवस्थापन तथा फुटपाथ व्यवस्थापनको कार्य तिव्र गतिमा चलिरहेको छ । यही फागुन १ गतेदेखि फुटपाथ व्यवसायलाई पूर्णरुपमा हटाउने अभियानका साथ लागेको हेटौँडा उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न चरणका...

शक्तिशाली भूकम्प, चार जनाको मृत्यु, २२५ घाइते, १४५ जना हराए

हुवालिन, २४ माघ । ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ । भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन्...

शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने विद्यार्थी संगठनद्वारा माग

काठमाडौँ, २४ माघ । विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका हुन् । सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा...

सदरमुकाममै मचियो खानेपानीको हाहाकार

बझाङ, २४ माघ । जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ...

प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति

काठमाडौँ, २४ माघ । प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र...

राष्ट्रियसभाको मतदान शुरु

काठमाडौँ, २४ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ । प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने...

निःशुल्क आँखा शिविर

काठमाडौँ, २४ माघ । लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिक जोन्सको १३९औँ को जन्मोत्सवका अवसरमा नुवाकोट विदुर नगरपालिकाको खड्गभन्ज्याङमा निःशुल्क आँखा शिविरको आयोजना गरियो । लायन्स क्लब अफ युनाइटेड सेन्टर, लायन्स क्लब अफ भ्यालीवेष्ट, लायन्स क्लब आफ कामनालगायत १८ का लायन्स क्लबको आयोजनामा भएको सो शिविरमा २२५ जनाको परीक्षण,...

मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु

भक्तपुर, २४ माघ । आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ । ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको...

चमेलियाको उद्घाटन माघ २७ गते

दार्चुला, २४ माघ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत्को औपचारिक उद्घाटनका लागि माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा आयोजनास्थल बलाच आउनु हुने आयोजना प्रमुख अजय दाहालले...

पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

रुकुम, २४ माघ । रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँच दिनसम्म लगतार पखाला...