ट्रक दुर्घटनामा तीनको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन ४, शुक्रबार १४:०५

सिन्धुपाल्चोक, ४ फागुन । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो ।

दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*