नौ जनामा भेटियो कुष्ठरोग

तु खबर संवाददाता
२०७४ फाल्गुन ५, शनिबार १२:२४

कलैया, ५ फागुन । कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् ।
उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको र पुराना पाँच जना कुष्ठरोगी रहेको जनाएको छ ।

गत माघ २१ देखि २५ गतेसम्म एक लाख १५ हजार ६१६ महिला, पुरुष र बालबालिकालाई जाँच गर्दा महिला तीन र पुरुष एक कुष्ठरोगी फेला परेकोे सामाजिक विभाग महाशाखाका संयोजक अनिल पाण्डेले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*