हेटौँडामा पानी ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यू

तु खबर संवाददाता
२०७४ फाल्गुन ६, आईतवार १०:५९

हेटौँडा, ६ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नं ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका–११ का २० वर्षीय माया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाबाट माडीतर्फ जाँदै गरेको ना३त ६०२७ नम्बरको पानीट्याङकरले चितवनको भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना४५प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा गएराति दुबै जनाकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*