तु खबरको वार्षिक उत्सवमा २ पत्रकारलाई सम्मान, सेल्फी प्रतियोगिता विजेतालाई पुरस्कार

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १३:०५
सम्मान ग्रहण गर्दै अग्रज पत्रकार स्वागत नेपाल

मकवानपुर, ८ फागुन । स्टेट भिजन प्रा.लि.द्वारा संचालित अनलाईन पत्रिका तु खबर डटकमको प्रथम वार्षिक उत्सवको अवसरमा हेटौँडामा २ जना पत्रकारलाई सम्मान गरिएको छ ।

आज हेटौँडामा आयोजित वार्षिक उत्सव समारोहमा अग्रज पत्रकार एवं अधिवक्ता स्वागत नेपाललाई १० हजार एक रुपैयाँ र समकालिन पत्रकार शिव चौँलागाईँलाई ५ हजार एक रुपैयाँ नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो । हरेक वर्ष २ जनालाई सम्मान गर्ने गरि सामाजिक क्षेत्रमा अग्रसर मकवानपुर जागरण मञ्च र तु खबरको सहकार्यमा पुरस्कार स्थापना गरिएको हो ।

सम्मान ग्रहण गर्दै अग्रज पत्रकार स्वागत नेपाल

नेपालको पर्यटन विकासलाई टेवा पुराउने उदेश्यका साथमा तु खबरले आयोजना गरेको सेल्फी प्रतियोगिताको विजेता दिलबहादुर लामालाई समेत कार्यक्रममा सम्मान गरिएको छ । उनलाई नगद रु. ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा तु खबरलाई निरन्तर सहयोग गर्ने व्यक्तिहरुमध्येबाट साहित्यकार तथा अग्रज पत्रकार सञ्जय शाह मित्र, पत्रकार खेम बोलखे र होम कार्कीलाई समेत कदरपत्र प्रदान गरिएको थियो । साथै विज्ञापनदाताहरुमा चुरेहिल प्रालिका रविरमण अधिकारी, उज्यालो सप्लायर्सका धर्मराज स्याङ्तान, सफल फार्मेसीका रमेश अधिकारी, एक्स्पर्ट ग्रुपका शुशिल पौडेल, ई–प्लानेट, मिराज कन्सर्न, नेम ईन्स्टीच्युट, साथीको मनि ट्रान्सफर लगायतकालाई पनि धन्यवाद ज्ञापनपत्र प्रदान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै पत्रकार शिव चौलागाई

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता तथा तु खबर डटकमका प्रधान सम्पादक गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलको विशिष्ट आतिथ्यता र पूर्व गृहराज्यमन्त्री एवं ३ प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँको विशेष आतिथ्यता रहेको थियो ।

सेल्फी पुरस्कार ग्रहण गर्दै पत्रकार दिलबहादुर लामा

मकवानपुर जागरण मञ्चका अध्यक्ष कृष्णराज कोईरालाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, नयाँ शक्ति नेपालका संयोजक सोनाम सिं स्याङ्तान विजय, नेकपा माओवादी केन्द्रका संचार विभाग प्रमुख कमानसिं पाख्रिन पृथक, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईँ, पत्रकार राममणि दाहाल, प्रकाश दाहाल, कपिल खड्का, मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल, साथमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल र प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*