हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको दोस्रो नगरसभाबाट ५ विधेयक पारित, के–के भयो निर्णय ? हेर्नुहोस् पूर्ण विवरण

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १८:५६

मकवानपुर, ८ फागुन । हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको दोस्रो नगरसभाले ५ वटा विधेयक पास गरेको छ । यही फागुन ६ गते सुरु भै ८ गते समापन भएको नगरसभााको बैठकले बिभिन्न बिधेयक पारित संगसंगै बिभिन्न निणर््ायहरु समेत गरेको छ ।

नगरसभाले हेटौंडा उपमहानगरपालिकाको सहकारी विद्येयक २०७४, हेटौंडा उपमहानगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन विद्येयक २०७४, हेटौंडा उपमहानगरपालिकाको न्यायिक समिति कार्यविधि बिद्येयक २०७४, हेटौंडा उपमहानगरपालिकाको शिक्षा बिधेयक २०७४ र हेटौंडा उपमहानगरपािलका आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४ पारित गरेको उपमहानगरपालिकाले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

त्यसैगरी आज सकिएको नगरसभा बैठकले स्थानीय सरकार संचालन ऐनमा घर नक्सापासमा ३०० प्रतिशत जरिवाना अब्यवहारिक भएकाले संशोधनको लागि नेपाल सरकार समक्ष माग गर्ने निर्णय गरेको छ । राजश्व परामर्श समितिको बैठकबाट विभिन्न टोल विकास संस्था लगायतका क्षेत्रका जनशक्ति प्रयोग गरी व्यवसाय करको प्रयोजनका लागि व्यवसायको लगत संकलनका लागि प्रति व्यवसाय रु.३० का दरले रकम उपलब्ध गराउने निणर््ाय समेत गरिएको छ ।

नगरको व्यवसाय कर संकलन र वक्यौता रकममा छुटका ब्यवस्था समेत गरी कर संकलनलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरिएको बताइएको छ । यसै गरी बैठकले नगर उपप्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा न्यायिक समिति पनि गठन गरेको छ । समितिको सदस्यमा वडा सदस्य इन्द्र प्रसाद नेपाल र बेगम बराल चयन भएका छन् ।

आर्थिक बर्ष २०७४–०७५ को लागि स्वीकृत वार्षिक बजेटमा केही रकमान्तर गर्नका लागि वान्छनिय भई नगर कार्यपालिकाको सिफारिस बमोजिम केही शिर्षकमा खर्च रकम रकमान्तर गर्न मिति फागुन २ गते बसेको बैठकबाट सिफारीस भई आए बमोजिमको निर्णय गएिको समेत उपमहानगरपालिकाले जनाएको छ ।

नगरद्वारा जारी विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*