समाचार

आँपको बगैँचामा शव फेला, हत्याको आशंका

लहान, ८ फागुन । सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ । सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि...

फेरिएनन् मजदूरका दिन

लिबाङ, रोल्पा, ८ फागुन । “प्रजातन्त्रको अनुभूति गर्न पाउनु त टाढाको कुरा हामीले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ भन्नेसमेत थाहा पाएका छैनौँ”, रोल्पा नगरपालिका स्थायी घर बताउने सुकमाली डाँगीले भन्नुभयो । ५० वर्षीया डाँगी शहीदपत्नी हुनुहुन्छ । सशस्त्र युद्धका समयमा श्रीमान्को हत्या भएपछि डाँगी तीन छोरा र एक...

स्वास्थ्य शिविर, १५ सय भए लाभान्वित

सन्धिखर्क, ८ फागुन । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् । शिविरमा भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा रुद्र मरासिनीसहित २१ जना डाक्टरले एक हजार ५०० बिरामीको जाँच गरेका...

बाढीपीडितले पाए नयाँ घर

राजविराज, ८ फागुन । बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारलाई एक संस्थाले नयाँ घर हस्तान्तरण गरेको छ । सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले सो नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको हो । जिल्लाको तिरहुत...

खड्काको एकल कविता प्रस्तुत

नवलपरासी, ८ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले सोमबार एकल कविता प्रस्तुत गर्नुभएको छ । सिर्जन साहित्य प्रतिष्ठान नवलपुरको आयोजनामा देवचुली–१३ दलदलेस्थित होटेल हातेमालो इनको हलमा प्रस्तुत हुनुभएका खड्काले एक दर्जन कविता सुनाउनुभयो । ‘आमा तिम्रो सम्झना’मा कविताबाट वाचन शुरु गर्नुभएका खड्काले ‘म...

सागको व्यापारबाट अन्नपानीको जोहो

पथरी, मोरङ, ८ फागुन । पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्यावसायिक खेती गरी उनीहरूले एक सिजनमा...

अन्तर विद्यालयस्तरीय म्याराथन हुने

काठमाडौँ, ८ फागुन । महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ । महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष प्रकाशचन्द्र दवाडीले पाँच किलोमिटर दौडमा हुने प्रतियोगितामा उपत्यकाका...

ताप्लेजुङमा खुल्यो महिन्द्राको शो रुम

ताप्लेजुङ, ८ फागुन । ताप्लेजुङमा महिन्द्रा गाडीको आधिकारिक शो रुम स्थापना भएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले सदरमुकाम फुङलिङमा ४२ औँ महिन्द्रा एण्ड महिन्द्रा शो रुमको स्थापना गरेको हो । शो रुमको सोमबार एक कार्यक्रमका बीच एक नम्बर प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ, होमकुमारी...

जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

बाजुरा, ८ फागुन । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा...

काँग्रेसद्वारा तीनजनालाई कारबाही

उर्लाबारी, मोरङ, ८ फागुन । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ । उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद...