समाचार
वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा
सुनसरी, ७ फागुन । वैदेशिक रोजगार तथा स्वरोजगार बजारलाई दक्ष जनशक्ति दिने उद्देश्यले सुनसरीको इटहरीमा अञ्जली ग्रुपद्वारा प्रवद्र्धित अञ्जली टेक्निकल इष्टिच्यूटको शाखा सञ्चालनमा ल्याइएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यलय रहेको इष्टिच्यूटले यसअघि राजधानी काठमाडौँमा शाखा सञ्चालनमा ल्याइसकेको छ । अञ्जली अस्पताल, पास इन्टरनेसनल प्रालि, अञ्जली ओभरसिज, मेचीकाली टाभल्स...
राससको ५७औँ वार्षिकोत्सव शुरु
काठमाडौँ, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सव आज केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा शुरु भएको छ । सूचना तथा सञ्चार सचिव केदारबहादुर अधिकारीले वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो । समारोहमा आमन्त्रित विशिष्ट अतिथि, राससका उच्च पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकार, कर्मचारीलगायतको उपस्थिति छ । यस समारोहमा पत्रकारिता क्षेत्रमा विशिष्ट...
राष्ट्रिय बाल साहित्य सम्मेलन
खोटाङ, ७ फागुन । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा गरिने भएको छ । नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बाल साहित्य सम्मेलन गर्ने टुङ्गो गरिएको हो । बाल साहित्यमा लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बाल अधिकार र...
वडाध्यक्षका हराएका छोरा मृत फेला
जितपुर, कपिलवस्तु, ७ फागुन । चार दिनअघि हराएका यहाँको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ...
माविको भवनका लागि रु पन्ध्र लाख सहयोग
बाबियाचौर, म्याग्दी, ७ फागुन । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन निर्माणका लागि बेल्जियमको एक संस्थाले रु पन्ध्र लाख सहयोग गरेको छ । बेल्जियमको हिमालयन प्रोजेक्टले समुदायको अगुवाइमा निर्माण हुन लागेको भवनका लागि उक्त सहयोग गरेको हो । संस्थाका पाउल भान्द्रेले बेल्जियमबाट पठाउनुभएको उक्त रकम अन्नपूर्ण गाउँपालिका–६ चित्रेका...
पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी
पाँचथर, ७ फागुन । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ ।...
प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस
जाजरकोट, ७ फागुन । विद्यालयमा हुने विभिन्न खालका स्वास्थ्य समस्यालाई समाधान गर्न प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकसको स्थापना गरिने भएको छ । जिल्लाको नलगाड नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तालीम प्राप्त शिक्षकको व्यवस्थासहित प्राथमिक बाकसको व्यवस्था गर्न लागेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । एक महिनाभित्र प्राथमिक उपचार बाकसका...
धुलो नियन्त्रणको माग गर्दै चक्का जाम
दाङ, ७ फागुन । अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् । तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन...
आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध
रामपुर, पाल्पा, ७ फागुन । आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् । प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो । कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न पनि...
विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे
उर्लाबारी, मोरङ, ७ फागुन । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक...








