समाचार
मालिकको शोषणबाट मुक्त हुनको लागि संघर्ष गर्न आह्वान, निर्माण मजदुरमा पूनः मनकुमार चयन
मकवानपुर, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले मालिकको शोषणबाट मुक्त हुन र संघर्षमा जुट्न मजदुरहरुलाई आग्रह गरेका छन् । अखिल नेपाल निर्माण मजदुर संघको पाँचौ जिल्ला सम्मेलनमा विशेष अतिथि रहेका पृथकले मजदुलाई यस्तो आह्वान गरेका हुन् । सम्मेलनले पुनः मनकुमार...
माओवादी केन्द्रको नगर समिति अध्यक्षमा ललित घलान, पदाधिकारीहरु चयन
मकवानपुर, ७ फागुन । नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटाँैडा उपमहानगरपालिका नगर समितिको अध्यक्षमा ललितकुमार घलान चयन भएका छन् । शनिवार सम्पन्न सम्मेलनले ५३ जनालाई नगर समितिमा चयन गरेता पनि पदाधिकारी भने आजको बैठकले चयन गरेको हो । आज सम्पन्न बैठकले अध्यक्षमा घलानसहित उपाध्यक्षमा विवेक राई, तिर्थ थापा र लिलाकुमार...
हेटौँडामा २५ मिटर सडक बिस्तार हुने मन्त्री स्थापितको दाबी
मकवानपुर, ७ फागुन । लामो समयदेखि विभिन्न कारणले रोकिएको २५ मिटर सडक बिस्तार भईछाड्ने प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले दाबी गरेका छन् । उनले हेटौँडाबाट कसैलाई पनि विस्थापित नहुने गरि २५ मिटर विस्तारको काम हुने बताएका हुन् । मकवानपुर उद्योग बाणिज्य संघले सोमबार भौतिक...
रेडियो थाहा संचारले गर्यो ४ जनालाई सम्मान, सप्ताहव्यापी कार्यक्रम सकियो
मकवानपुर, ७ फागुन । बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचारले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा सोमबार ४ जनालाई सम्मान गरेको छ । रेडियोले थाहा समाजसेवी सम्मानबाट समाजसेवी तथा मामाघर नेपालका सञ्चालक अर्पण पराजुली, थाहा युवा व्यवसायी सम्मानबाट युवा व्यवसायी राजु अधिकारी, थाहा शिक्षा सम्मानबाट शिक्षक केवलराम उपाध्याय र...
चौकीटोलबाट दुई जना पक्राउ
हेटौँडा, ७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलबाट लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरिएको छ । प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर १० बस्ने २४ वर्षीय रामलाल गोले र ३० वर्षीय धावा लामालाई २६ ग्राम ६६ मिलीगम चरेशसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार आईतबार बेलुकी...
नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गरिने
कपिलवस्तु, ७ फागुन । कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ । प्रथम चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना नगरपालिकाको छ । तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटिहवा हँुदै चौबीस हजारी र गोटिहवादेखि छोट्की तौलिहवा...
प्रजातन्त्र दिवस क्यानडामा
काठमाडौँ, ७ फागुन । अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप...
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : प्रम ओली
काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट...
ल्याबको मेसिन बिग्रिँदा बिरामीले खेप्नुपर्यो समस्या
पर्सा, ७ फागुन । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ । एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक बायो–केमेस्ट्री एनलाएजर मेसिन एक सातादेखि बिग्रिएपछि सेवाग्राहीले उपचारमा कठिनाइ भोग्नुपरेको छ । प्रयोगशालामा रहेको दुवै...
जंगली हात्तीले भत्कायो २१ वटा घर
भीमदत्तनगर, ७ फागुन । कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ । राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पु¥याएपछि आज...









