समाचार
बिग्रिए महानगरका सडक बत्ती
ललितपुर, ८ फागुन । ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताउनुभयो । गत वर्ष स्थानीयवासीको जनसहभागितामा महानगरपालिकाले चिम हालेको थियो ।...
रेडक्रसको बजेट तीन करोड
नगरकोट, ८ फागुन । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २ औँ जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ । शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५/७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित...
सेनाद्वारा बम निष्क्रिय
बागलुङ, ८ फागुन । बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल...
शंकास्पद बस्तु फेला
बाजुरा, ८ फागुन बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ । प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीकाअनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो । उहाँले भन्नुभयो–“नेपाली सेनाको टोली बम निष्क्रिय पार्न जाँदैछ ।” उक्त शंकास्पद बस्तु कसले राखेको...
क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने :मुख्यमन्त्री शाही
सुर्खेत, ८ फागुन । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताउनुभएको छ । अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले अपस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिक उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने बताउनुभयो । प्रदेश सरकारले आगामी...
राष्ट्रियसभा सदस्यमा सिफारिश गर्यो तीन व्यक्तिको नाम
काठमाडौँ, ८ फागुन । सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तित्वको नाम सिफारिश गरेको छ । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिनुुभयो । उनन्साठी...
इजरायली अतिथिसंग साहित्यिक अन्तर्कृया
काठमाडौँ, ८ फागुन । साहित्य संघ नेपाल (लान) को आयोजनामा सोमबार यहाँ एक साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका अतिथि वक्ताहरु तथा उपन्यासकार डा डोरित सिल्भरम्यान र बालसाहित्य लेखक स्मन्दर शिरले हिब्रु भाषा तथा इजरायलको साहित्यिक प्रवृत्तिबारे प्रवचन दिनुभएको थियो । उहाँहरुले कसरी हिब्रु साहित्य भगवान र आस्थाबाट...
तु खबरको वार्षिक उत्सवमा २ पत्रकारलाई सम्मान, सेल्फी प्रतियोगिता विजेतालाई पुरस्कार
मकवानपुर, ८ फागुन । स्टेट भिजन प्रा.लि.द्वारा संचालित अनलाईन पत्रिका तु खबर डटकमको प्रथम वार्षिक उत्सवको अवसरमा हेटौँडामा २ जना पत्रकारलाई सम्मान गरिएको छ । आज हेटौँडामा आयोजित वार्षिक उत्सव समारोहमा अग्रज पत्रकार एवं अधिवक्ता स्वागत नेपाललाई १० हजार एक रुपैयाँ र समकालिन पत्रकार शिव चौँलागाईँलाई ५ हजार एक...
अघिल्लो सरकारले गरेको निर्णय फिर्ता
काठमाडौँ, ८ फागुन । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि तीन नाम सार्वजनिक भने गरिएको छैन । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री...
राष्ट्रिय युवा शक्तिमा लोहनी
काठमाडौँ, ८ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी (राजु) को अध्यक्षतामा गठन भएको छ । उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ हुनुहुन्छ भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ । सदस्यमा...









