शिल्पाको ‘मंगलम’ मा पारिवारिक कथा, प्यारी छोरीदेखि असल जीवनसँगीनीको भेषमा शिल्पाको भूमिका

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार २०:११

-चन्द्र घलान
मकवानपुर, १४ फागुन ।
नायिका शिल्पा पोखरेलले निर्माताका रुपमा डेब्यू गरेको पहिलो चलचित्र ‘मंगलम’ यही फागुन २५ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रचार प्रसारको क्रममा आज प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडामा आईपुगेको चलचित्र टोलीले पत्रकार सम्मेलनमार्फत चलचित्रको बारेमा जानकारी दिएका हुन् ।

कार्यक्रममा बोल्दै नायिका शिल्पा पोखरेलले चलचित्र विशुद्ध पारिवारिक कथामा बनेको भन्दै यसमा आफुले प्यारी छोरीदेखि असल जीवनसँगीनीसम्मको भूमिका निभाएको बताईन् । नायक पुष्पल खड्काले असल पतिका साथै अशक्त भएको समयमा समेत सार्थक जीवन जिउने साहसका साथमा बाँच्ने युवकको भूमिका निभाएको बताएका छन् ।

चलचित्रका कार्यकारी निर्माता छविराज ओझाले चलचित्र १ करोड ५ लाख लागतमा निर्माण भई प्रदर्शन हुन लागेको बताए । त्यस्तै निर्देशक नवल नेपालले पारिवारिक पृष्ठभूमिका चलचित्र निर्माणमा लगेको दशाकौँ बितेको भन्दै यो चलचित्रमा पारिवारिक प्रेमकथा रहेको जानकारी दिए ।

चलचित्र पत्रकार संघ मकवाापुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका नायिका शिल्पा पोखरेलसहित नायक पुष्पल खड्का, कार्यकारी निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल लगायतको टोलीको उपस्थिति रहेको थियो ।

चलचित्रमा नायिका पोखरेलसहित नायिका साम्राज्ञी राज्यलग्मी शाह, नायक पुष्पल खड्का र पृथ्वीराज प्रसाइ, मिथिला शर्मा, निर शाह लगायतको अभिनय रहेको छ । चलचित्रको कथा गोविन्द फुयाँलले लेखेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*