समाचार
दाहालको अध्यक्षतामा मकवानपुरमा संसदीय पत्रकार मञ्च गठन
हेटौँडा, ८ फागुन । तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा मंगलबार भएको पत्रकारको भेलाले गोरखापत्र दैनिकका संवाददाता राममणि दाहालको अध्यक्षतामा ९ सदस्यीय संसदीय पत्रकार मञ्च गठन गरेको छ । पत्रकारलाई संघीय संसद तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्देश्यका साथ हेटौंडामा संसदीय पत्रकार मञ्च गठन गरिएको हो । मञ्चको उपाध्यक्षमा...
मातृभाषाको लोप हुँदै गएकोमा चिन्ता
काठमाडौँ, ८ फागुन । नेपालमा धेरै भाषा र वेषभूषा भए पनि उक्त भाषाको यथोचित संरक्षण हुन नसकेको चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौँद्वारा विश्व मातृभाषा दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको ‘मातृभाषा विचार गोष्ठी–२०७४’ का वक्ताले प्रविधिको प्रयोग र बसाइँसराइका कारण मातृभाषाको...
महोत्सवमा भयो पाँच करोडको कारोबार
रामपुर, पाल्पा, ८ फागुन । तानसेनमा जारी ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’मा अहिलेसम्म रु पाँच करोड ५० हजार बराबरको कारोबार भएको छ । सोमबार मेलाको पाँचौँ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाँचौँ दिनसम्म आइपुग्दा सबैभन्दा बढी लत्ताकपडा...
तरकारी उत्पादनमा ७० प्रतिशतले कमी
काभ्रे, ८ फागुन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ । जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा कमी आएको हो । तरकारीको उत्पादनमा कमी आएपछि बजारमा व्यापारीले हारालुछ गर्न लागेको बनेपा नगरपालिका– ४ की अम्बिका दाहालले बताउनुभयो । “गत...
जिल्ला अस्पतालमा सेवा प्रभावित :जोखिम मोलेर प्रसूति सेवा
नवलपरासी, ८ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पृथ्वीचन्द्र अस्पतालमा अधिकांश सेवा प्रभावित भएको छ । दक्ष चिकित्सको अभावमा अस्पतालमा शल्यक्रियाबाट हुने प्रसूति सेवा बन्द छन् भने औषधि अभावमा अस्पतालबाट निःशुल्क रुपमा वितरण गरिने ३५ प्रकारका औषधिमध्ये अधिकांश औषधिको वितरण रोकिएको छ । शल्यक्रिया गरी बच्चा जन्माउने (सिएस) सेवा...
विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति
गाईघाट, उदयपुर, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ । कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० औँ वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र...
अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, ८ फागुन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गर्नुभएको छ । खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा आज भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो...
सरकारको निर्णयप्रति काँग्रेसको विरोध
काठमाडौँ, ८ फागुन । नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा काँग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सरकारले बिना तर्क राष्ट्रियसभा...
बन्दको हल्ला गरिए पनि सवारी साधन सञ्चालनमा
काठमाडौँ, ८ फागुन । नेपाल बन्दको हल्ला गरिए पनि आज बिहानैदेखि सार्वजनिक साधन यथावत् सञ्चालन भइरहेको छ । बिहान केही समय यातायात कम चलेपनि कार्यालय समयपछि पूर्ववत् सवारी साधन सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान...
आगलागीपीडितलाई आर्थिक सहयोग
ताप्लेजुङ, ८ फागुन आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका आगलागीपीडित तीन परिवारलाई यक्सो बृहत् एकता समाजले आर्थिक रकम संकलन गरी हस्तान्तरण गरेको छ । गत मंसिर १९ गते भएको आगलागीका कारण पूर्णरुपमा घर गुमाएका स्थानीयवासी देवमान यक्सो, रुपनारायण यक्सो र विकल्प यक्सोको परिवारलाई रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरी...








