ट्रलीमा जोडेको फलामको किलाले लागेर एकको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन १५, मंगलवार ०९:४२
सांकेतिक तस्वीर

उर्लाबारी, मोरङ, १५ फागुन । मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ ।

कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भारत अररिया जिल्ला बस्ने ४० वर्षीय साजित मिँयाको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्र्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*