समाचार
दोहनीमा पाइयो ईपू चारसयदेखि मानव बसोबास
कपिलवस्तु, ९ फागुन । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा...
स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिने : मन्त्री पण्डित
काठमाडौँ, ९ फागुन । संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । मुलुकमा नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको छाता संगठन नेपाल नवीकरणीय ऊर्जा...
अतिसंकटापन्न लजालु जनावरको अध्ययन गरिँदै
रत्ननगर, चितवन, ९ फागुन । चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईका अनुसार चितवनबाट अध्ययन शुरु गरिने र त्यसपछि मकवानपुर...
जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने
बाजुरा, ९ फागुन । बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताउनुभयो । उहाँले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने थापाले...
मकवानपुर प्रहरीले शिवम् सिमेन्ट गेटबाट ६ जनालाई यसरी पक्राउ गर्यो (फोटो फिचर)
मकवानपुर, ९ फागुन । मकवानपुरमा संचालित शिवम् सिमेन्टले गरेको बायु तथा ध्वनी प्रदुषणको विरुद्धमा विभिन्न माग सहित बुधबार धर्ना तथा विरोधमा सरिक ६ जना प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपूरका इन्सपेक्टर मधु थापाको कमान्डमा खटिएको प्रहरी टोलीले शिवम् सिमेन्ट पिडीतको आन्दोलनमा ६ जनालाई गिरफ्तार गरेको हो...
घर टहरा नभत्काउँदा सडक निर्माणमा अवरोध
ललितपुर, ९ फागुुन । निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका...
मलेसिलयामा श्रमिक सचेतना कार्यक्रम आयोजना
काठमाडौँ, ९ फागुन । नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा...
गुन्डा नाइके पुन र उनका सहयोगी आले मारिए
बुटवल, ९ फागुन । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल...
कोलकातामा नेपाल भवन बनाउन आह्वान
काठमाडौँ, ९ फागुन । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ । मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहनुभएको छ । त्यस्तै शिक्षा, साहित्य एवम् प्रकाशन...
प्रदेश नं ४ मै उत्कृष्ट उत्कृष्ट विद्यालय
फलेवास, पर्वत, ९ फागुन । कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ । शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ । विद्यालय राष्ट्रियस्तरमा दोस्रो हुन सफल भएको छ । “शिक्षा मन्त्रालयको मूल्यांकनका आधारमा हामी...








