समाचार

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बैतडी, १० फागुन । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ । गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन...

बसले मोटरसाइकललाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

जितपुर, कपिलवस्तु, १० फागुन । बसले मोटरसाइकललाई ठक्कर दिँदा यहाँ बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय...

बस दुर्घटनामा हुँदा एक जनाको ज्यान गयो, एक घाइते

दमौली, तनहुँ, १० फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् । दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो...

‘चित्रजस्तो देश’ बालकविता सङ्ग्रह प्रकाशनमा

नगरकोट, १० फागुन । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बालकविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ । पत्रकारिताका अलावा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आउनुभएका भक्तपुर चाँगुनारायण नगरपालिका–९, ताथलीका छुकांको पहिलो कविता सङ्ग्रहका रुपमा उक्त सङ्ग्रह प्रकाशित भएको हो । यसअघि उहाँको गजल सङ्ग्रह...

शिक्षित व्यक्तिले नै खादैँनन् हात्तीपाइलेको औषधि

दाङ, १० फागुन । यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ । तर नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन...

प्राविधिक शिक्षालय निर्माणका लागि मुख्यमन्त्री पौेडेल अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न तयार

मकवानपुर, ९ फागुन । प्रदेश नम्बर ३ मा प्राविधिक शिक्षालय स्थापनाका लागि मुख्यमन्त्री डोरमणि पौडेलले अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेल र अष्ट्रेलियन राजदुत पिटर वडबीच आज भएको भेटवार्तामा पौडेलले सहकार्यका लागि तयार रहेको बताएका हुन् । नेपाल पहिलो पटक...

हेटौँडा सहित अन्य स्थानमा आगलागी हुँदा ५१ लाख क्षति

काठमाडौं, ९ फागुन । मकवानपुरको हेटौँडा सहित पर्वत, उदयपुर, भक्तपुर र ललितपुरमा आगलागी हुँदा करिब ५१ लाख बराबरको धनमाल जलेको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१० टिसिएन रोडमा बिकास बस्नेतले सञ्चालन गरेको गाडी मर्मत गर्ने ग्यारेजमा मंगलबार बिजुली सर्ट भई आगलागी हुँदा करीब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको...

रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा मारिए २५० सर्वसाधारण

आर्बिन, सिरिया ९ फागुन । दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा...

संग्रहालयमा एक सय वर्ष पुराना तस्वीर

रत्ननगर, चितवन, ९ फागुन । चितवनको सौराहामा रहेको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा एक सयवर्ष पुराना फोटो संग्रह गरिएको छ । संग्रहायलका संरक्षण वासुदेव चौधरीका अनुसार औलो रोग उन्मूलन अघिका तस्वीर संग्रह गरिएका छन् । सो समयमा चितवन झरेका समुदायका तस्वीरसमेत यहाँ रहेका छन् । थारुका रहनसहन र...

तु खबर डटकमको प्रथम वार्षिक उत्सव (भिडियो)

हेटौँडा, ९ फागुन । स्टेट भिजन प्रालिद्वारा संचालित तु खबर डटकमले फागुन ८ गते प्रथम वार्षिक उत्सव मनाएको थियो । जसमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल विशिष्ट अतिथि र संसदीय दलका मूख्य प्रतिपक्षी दलका नेता एवं पूर्व गृहराज्यमन्त्री...