समाचार
विदेशबाट फर्किएर अलैँचीको व्यावसायिक खेती
तेह्रथुम, १० फागुन । विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बाकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् । त्यही कोटीमा उभिनुभएको छ, फेदाप गाउँपालिका–२,...
हेटौँडा सिमेन्टको लफडा उत्कर्षमा, यसकारण खुलेन मजुवा खानी
-बलराम पुडासैनी मकवानपुर, १० फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीबाट कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् गर्ने काम हालसम्म पनि संचालनमा आउन सकेको छैन । जसका कारण कानुन अनुसार हेटौंडा सिमेन्ट उद्योगबाट अनुमति पाएको ठेकेदार कम्पनी दैनिक ३ लाख सम्म घाटा व्यहोर्न बाध्य भएको छ । २०७४ साल कार्तिक...
एसएनसियू सेवा सञ्चालन गरिने
बेँसीशहर, लमजुङ, १० फागुन । सदरमुकाम बेँसीशहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ‘विशेष नवजात शिशु सघन कक्ष’ (एसएनसियू) सेवा शुरु गर्न लागिएको छ । जिल्ला अस्पतालको सुविधालाई थप गर्दै यो सेवा शुरु गर्न लागिएको हो । विशेषगरी महिना नपुगी जन्मेका तथा सघन उपचार आवश्यक पर्ने गम्भीर अवस्थाका नवजात शिशुलाई...
नगरपालिकाद्धारा गर्यो कृषकलाई कृषि सामग्री वितरण
पाँचथर, १० फागुन । फिदिम नगरपालिकाले कृषकलाई १४ वटा मिनीटिलर वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार ती मिनीटिलर वितरण गरिएको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिका कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिनुभयो । फिदिम नगरपालिकाका प्रमुख...
नेपाली काँग्रस बैठक आइतबार बस्दै
काठमाडौँ, १० फागुन । नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ । उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस
लाखौँको लगानिमा पशुपक्षी फार्म, दुध बेचेरै जोडे घरजग्गा
बाबियाचौर, म्याग्दी, १० फागुन । बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गर्नुभएको छ । परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गर्नुभएको हो । फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैँसी र राँगो...
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ, १० फागुन । मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा ९एमाले०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने...
प्याराग्लाइडिङबाट भए पर्यटक आकर्षित
इनरुवा, १० फागुन । सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन...
तीन सन्तानले बालविवाह गरेर हिँडेपछि परिवारमा छायो निराशाता
लिबाङ, रोल्पा, १० फागुन । साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षौंदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ । टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उहाँलाई पेशा सम्हाल्नै हम्मे हम्मे परेको छ । गाउँकै स्वास्थ्य...
आगलागीबाट घर जलेर नष्ट, परिवारको बिचल्लि
फलेवास, पर्वत, १० फागुन । पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ किराखोरमा भएको आगलागीबाट एक विपन्न परिवारको घर जलेर नष्ट भएको छ । स्थानीयवासी गम्बरबहादुर नेपालीको मंगलबार दिउँसो घर र गोठ जलेर सखाप भएको हो । पीडित नेपालीको परिवार अहिले छिमेकीको घरमा अश्रय लिएर बसेको छ । आगलागीबाट करिब रु ६...









