समाचार
मुख्यमन्त्री डोरमणि पौडेलसहित ३ मन्त्रीहरु धादिङमा
मकवानपुर, ११ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको मन्त्री टोली धादिङमा पुगेका छन् । मुख्यमन्त्री पौडेलसहित स्थानीय मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापित शुक्रबार धादिङमा पुगेका हुन् । उनीहअरुलाई धादिङ जिल्ला समन्वय समितिले स्वागत गरेको छ ।
फुटपाथमा व्यवसायीले राखेका सामग्री हटाइँदै
धुलिखेल, ११ फागुन । बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप बिहीबार मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै सामग्री हटाएको छ । नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक देउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी र खाद्य स्टोर सञ्चालन गर्नेले राखेका...
१ सय ३६ पुरातात्विकस्थलको धनी कपिलवस्तु
–कृष्णराज गौतम कपिलवस्तु, ११ फागुन । पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ । पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल यहाँ पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ । मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नं ५ मा पर्ने यस...
वडाध्यक्षहरु सिफारिस लेख्दैमा ठिक्क
रामपुर, पाल्पा, ११ फागुन । जिल्लाको माथागढी गाउँपालिका–५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उहाँ सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त हुनुहुन्छ । वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खाम्चा बताउनुहुन्छ । बिहान १० बजे कार्यालयमा पुगेपछि सिफारिस लेख्ने कार्यमा उहाँलाई भ्याइनभ्याइ हुन्छ । “कर्मचारीभन्दा...
स्थानीयले नै गरे वडा कार्यालयलाई रु २५ लाखको जग्गादान
मंगलबारे, इलाम, ११ फागुन । इलामको देउमाई नगरपालिका–१ मा एक स्थानीयले वडा कार्यालयलाई भवन निर्माणका लागि पाँच रोपनी जग्गा निःशुल्क दान गर्नुभएको छ । स्थानीय फत्तेप्रसाद दुलालले रु २५ लाख मूल्य पर्ने जग्गा आफ्नो स्व हजुरबुबा, हजुरआमा र आमाको सम्झनामा दान गर्नुभएको हो । पाँच रोपनी जग्गाको मूल्य रु...
मुख्यमन्त्री पौडेलले शहिद स्मारकलाई ३ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पर्यटकीय क्षेत्र बनाउने
मकवानपुर, १० फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको शहिद स्मारकलाई ३ नम्बर प्रदेशकै सबैभन्दा ठुलो पर्यटकिय क्षेत्र बनाउने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । बिहीबार हेटाँैडा ११ मा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको सम्मान तथा बधाई...
३ नम्बर प्रदेशको संसद नियमावली मस्यौदा समिति संयोजकमा राजेन्द्र पाण्डे सर्वसम्मत
मकवानपुर, १० फागुन । प्रदेश नंबर ३ को संसद नियमावली मस्यौदा समितिको संयोजकमा एमाले सांसद राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । गत माघ २८ गते बसेको संसद बैठकमा ११ सदस्यीय मस्यौदा बनाउन गठित समितिका सदस्य मध्येका एक पाण्डेलाई आज बसेको समितिको बैठकले संयोजक तोकेको हो । आज चयन...
स्वर्गीय मदन भण्डारीकै कारण देश अहिलेको अवस्थामा आएको हो–मुख्यमन्त्री पौडेल
मकवापनुर, १० फागुन । प्रदेश नम्बर ३ का मूख्मन्त्री डोरमणी पौडेलले स्वर्गीय नेता मदन भण्डारीकै योगदानका कारण देश अहिलेको अवस्थामा आएको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले बिहीबार हेटौँडामा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले स्वर्गीय भण्डारीको सिद्धान्तकै बलमा देशले अहिलेको अवस्था देख्न पाएको बताएका हुन् । मदन...
प्रदेश नं ६ मा कर्मचारी नहुँदा समस्या
सुर्खेत, १० फागुन । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो । प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा...
पन्ध्र दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी
काठमाडौँ, १० फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको दुवै कार्यदलको बैठकले १५...










