समाचार

तेक्वान्दोको प्रवद्र्धनमा जोड

इटहरी, १२ फागुन । प्रदेश नं १ का सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमूल परिवर्तनका विषयमा आफैँबाट नयाँ परिवर्तनको थालनी गर्न जरुरी रहेकोतर्फ आफू सचेत भएर लागेको बताउनुभएको छ । मन्त्री घिमिरेले शुक्रबार इटहरीको रंगशालास्थित तेक्वान्दो एकेडेमी भवनमा प्रदेश नं १ तेक्वान्दो संघको पदस्थापना समारोहलाई सम्बोधन गर्दै प्रदेश...

लेखक आफैले गरे ‘भाया साक्रा’ सार्वजनिक

लन्डन, १२ फागुन । रोमान्टिक धाराका प्रसिद्ध कवि जोन किट्सको निवास लण्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा’९पवित्रपथ० लेखक आफैँले सार्वजनिक गर्नुभएको छ । सन् १७९५ मा जन्मनुभएका किट्सको निवासलाई ‘सिटी अफ लण्डन’ले सङ्ग्रहालयका रुपमा सञ्चालनमा ल्याएको छ । सो नियात्रा संग्रहमा इटाली, बेल्जियम र बेलायतका...

भिमफेदीको महिला जागृति सहकारी आफ्नै भवनमा

भिमफेदी, ११ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ मा संचालित महिला जागृति बचत तथा ऋण सहकारी संस्थाले यसै महिनादेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वि.सं. २०५५ सालमा स्थापना भएको यो सहकारी साविक गाविसले प्रदान गरेको भवनमा संचालन भइरहको थियो । हाल जिल्ला समन्वय समिति उपप्रमुख...

दशैको बेला राजधानीमा मेलम्ची पानी आउने

काठमाडौँ, ११ फागुन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ । अर्बौं रुपैयाँको विशाल उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः पक्का भएको हो । साथै सरकारले मेलम्चीको पानी राजधानीमा प्रवाह गर्नेसम्बन्धी ठोस कार्ययोजना पनि सार्वजनिक गरेको...

सामुदायिक वनभित्रै डोको उद्योग सञ्चालन, दैनिक १० जनाले डोको बुन्दै

म्याग्दी, ११ फागुन । रघुगंगा गाउँपालिका–३ मा कलेजाबाङ वाखेत सामुदायिक वनले निगालो उद्योग सञ्चालन गरेको छ । वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउनका लागि निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको हो । सामुदायिक वनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि निगालोको...

मुख्यमन्त्री डोरमणि पौडेलसँग त्रिशुली बचाउको माग, यस्ता छन् जनताका मागहरु

मकवानपुर, ११ फागुन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशुली बचाउ अभियानको तर्फबाट ज्ञापन पत्र बुझाइएको छ । जिल्ला दौडका क्रममा पहिलो पटक आज धादिङमा मुख्यमन्त्री पौडेललाई त्रिशूली बचाउ अभियानको तर्फबाट ज्ञापनपत्र बुझाएर नदी संरक्षण तथा पर्यावरण जोगाउन माग गरिएको हो । त्यस्तै फियान नेपालले भूमि, वन, जिविकोपार्जन,...

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम खुल्ला

काठमाडौँ, ११ फागुन । वार्षिक परिक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले अक्षरा जुनियर स्कुल प्रिन्सेसको आवेदन खुला गरेको छ । विगत ७ वर्ष देखि निरन्तर रुपमा कक्षा २ देखि ७ सम्म अध्ययनरत छात्राहरुमा लक्षित अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिता आयोजना...

यसरी पक्राउ परे २ जना नक्करी प्रहरी

चितवन, ११ फागुन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने...

ट्रेलरबाटै चर्चा कमाएका दुई नेपाली चलचित्र आजदेखि प्रदर्शन

मकवानपुर, ११ फागुन । ट्रेलरबाटै चर्चा कमाएको दुई नेपाली कथानक चलचित्र आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्र पञ्चेबाजा र साढे ७ रिलिज भएको हो । चलचित्र पञ्चेबाजामा ‘घिन घिन मादल’ बोलको गीतका कारण पनि चर्चामा छ । यो चलचित्रले एक गाउँका तीन पात्रको कथा समेटेको छ । अभिनेत्री...

रजतमहोत्सवमा सवारी चालकको आँखा परीक्षण गरिने

पोखरा, ११ फागुन । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ । हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण...