‘एक परिवारले गरे पत्रकार उपचार कोष’लाई सहयोग

तु खबर संवाददाता
२०७४ फाल्गुन १९, शनिबार १२:२०
File Photo

विर्तामोड, १९ फागुन । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड– १ निवासी प्रसार्इं परिवारले रु ५१ हजार प्रदान गरेको छ ।

मातापिता जानुका र धनपति प्रसाईंका स्मृतिमा छोराबुहारी ओमभक्त, दीपालक्ष्मी र नातिनी उपासनाले उक्त रकमको चेक पत्रकार महासंघका उपाध्यक्ष एवं उपचार कोषका संयोजक एकराज गिरीलाई हस्तान्तरण गर्नुभयो । उपाध्यक्ष गिरीले कोषको ब्याजबाट पत्रकारको उपचारमा सहयोग पु¥याइने बताउनुभयो ।
महासंघले उपचार कोष रु एक करोडको बनाई त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने कार्यविधि बनाएको छ । हालसम्म रु ३३ लाखभन्दा बढी कोषमा जम्मा भइसकेको महासंघका सहसचिव एवं कोषका सदस्य सचिव केशव भट्टराईले बताउनुभयो । दुई दशकदेखि फर्निचर व्यवसायमा संलग्न ओमभक्त फर्निचर व्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष तथा वीरता जेसिजका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*