समाचार
सोमबार सबै मन्त्रीको शपथ ग्रहण हुने : अध्यक्ष दाहाल
चितवन, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो...
लोप हुने स्थितिमा छ मिथिला गाइने जोगिरा(फागु गीत)
बर्दिवास, १२ फागुन । ‘किनका के हाथ कनक पिचकारी, किनका के हाथ अबीर झोरी ? रामजी के हाथ में कनक पिचकारी, सियाजी के हाथ अबीर झोरी…!! जोगिरा।।सररर..!!’ (कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला रु रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा...
दैलेखमा भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन
सुर्खेत, १२ फागुन । ६ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्य तथ्यको छानबिनको लागि समिति गठन गर्नुभएकोछ । मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि आज एक समिति गठन गर्नुभएको हो । घटनाको सत्यतथ्य छानबिन...
भारतीय मालबाहक ट्रक क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिदैं
जितपुर, कपिलवस्तु, १२ फागुन । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट नेपाल भित्रिने...
सार्वजनिक जग्गा मिचेर बनाएका घरटहरा भत्काउन शुरु
खोटाङ, १२ फागुन । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी बजार आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरिएको छ । हलेसी गुठी संस्थानको नाममा रहेको जग्गा तथा बजार आसपासमा जथाभावी बाटै छेकेर निर्माण गरिएका घरटहरा शुक्रबारबाट हटाउन शुरु गरिएको हो । मापदण्डविपरीतका संरचना हटाउन चौथो पटक दिएको...
अवैध ढुंगा गिट्टी उत्खनन गर्ने २४ ट्र्याक्टर नियन्त्रणमा
चितवन, १२ फागुन । पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो । सो खोलामा ढुंगा गिट्टी उत्खननको लागि...
अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु
काठमाडौँ, १२ फागुन । भारोत्तोलन खेलाडी स्वर्गीय सुमीलाल जोशीको पहिलो स्मृति दिवसमा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय व्याड मिन्टन प्रतियोगिता शुरु भएको छ । बेष्ट बालाजु युथ क्लब र ब्राइट हेभेन अंग्रेजी आवासीय विद्यालयको संयुक्त आयोजनामा क्लबको खेल मैदान बालाजुमा शुरु भएको प्रतियोगितामा उपत्यकाका १० विद्यालयको सहभागिता छ । प्रतियोगिताको उद्घाटन...
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान संचालन
सुर्खेत, १२ फागुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर बनाउनका लागि विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरको मंगलगढी...
नगरपालिकाले गर्यो सडकको वर्गीकरण र क्षेत्राधिकार निर्धारण
बेनी, म्याग्दी, १२ फागुन । म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सडकको वर्गीकरण गरी क्षेत्राधिकारसमेत निर्धारण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भएका सडकलाई चार वर्गमा विभाजन गरी दायाँ र बायाँको अधिकार क्षेत्र कायम गर्नुका साथै नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्रका सडकको...
आजबाट शुरु भयो नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक
काठमाडौँ, १२ फागुन । नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक आजबाट यहाँ शुरु भएको छ । हरेक तीन महिनामा बस्दै आएको बैठक भोलिसम्म चल्नेछ । नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको...








