समाचार
जिप र ट्रयाक्टर एक आपसमा ठोक्किँदा एकको मृत्यु
पाँचथर, १२ फागुन । मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२...
९२८ महिलाको गरियो पाठेघरसम्बन्धी रोगको उपचार
नुवाकोट, १२ फागुन । जिल्लाको दुर्गम र भौगोलिकरुपमा विकट मानिएको दुप्चेश्वर गाउँपालिकामा ९२८ महिलाको पाठेघरको उपचार गरिएको छ । गाउँपालिकाद्वारा सञ्चालन गरिएको साताव्यापी ‘पाठेघर खस्ने स्वास्थ्य शिविर एवं क्यान्सरसम्बन्धी जनचेतना’ कार्यक्रममा ती महिलाको पाठेघरसम्बन्धी रोगको उपचार गरिएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अबको पाँच वर्षमा...
प्रशान्तको ‘फूलबारी’ सार्वजनिक
नुवाकोट, १२ फागुन । विदुर नगरपालिका–१२ का सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ कविता संग्रहको लोकार्पण गरिएको छ । बाह्रवर्षीय प्रशान्तले अध्ययन गर्दै आएको शहीद जगत्प्रकाशजंग शाह संस्कृत मावि देवीघाटमा आयोजित कार्यक्रममा कवितासंग्रहको लोकार्पण गर्दै साहित्यकार शम्भुप्रसाद शर्माले साधनाले नै मानिसलाई परिपक्व बनाउने भएकाले लेखनलाई निरन्तरता दिएर निखारता ल्याउन सुझाव...
दृष्टिविहीनका विद्यार्थीका लागि छात्रावास निर्माण
फलेवास, पर्वत, १२ फागुन । एक मात्र दृष्टिविहीन स्रोत कक्षा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ । सदरमुकाम कुश्माबजारस्थित शिवालय माविमा अध्ययनरत भई भाडामा बस्दै आएका दृष्टिविहीन विद्यार्थीको बसाइमा सहज होस् भन्ने उद्देश्यले करीब रु ७८ लाखको लागतमा प्लान नेपालले उक्त आवास शुक्रबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य...
राष्ट्रिय मान्यताबाट वञ्चित भएका छन् पाँच सय स्वयंसेवक
ललितपुर, १२ फागुन । ललितपुर महानगरापलिकामा कार्यरत झण्डै ५०० स्वयंसेवक राष्ट्रिय मान्यताबाट बञ्चित भएका छन् । राष्ट्रिय मान्यता नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको सामान्य सुविधाबाट समेत आफूहरु वञ्चित हुनुपरेको उनीहरुले बताएका छन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरपालिकामा तीन दशकभन्दा बढी समयसम्म काम गर्नेले समेत राष्ट्रिय मान्यता...
लागुऔषध गाँजा सहित दुई जना प्रकाउ
कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीको टोलीले धनकुटा खाल्छा–छिन्ताङ गाउँपालिका– २ बस्ने १९ वर्षीय प्रवीण विक र २४ वर्षीय भोगेन्द्र राईलाई ३० किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक...
ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु
उर्लाबारी, मोरङ, १२ फागुन । रंगेली नगरपालिका– १ स्थित बबियाविर्तामा ट्र्याक्टरबाट लडेर गए राति चालकको मृत्यु भएको छ । भित्री सडकखण्डमा को१त ७३९७ नंको ट्र्याक्टरका चालक मोरङ धनपालथान गाउँपालिका – ५ बस्ने ४५ वर्षीय अमरलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मादक पदार्थ सेवन गरी...
किताब नदेखी वार्षिक परीक्षाको तयारीमा
रुकुम, १२ फागुन । पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिकसत्रको...
विद्यालयको प्राङगणमा फागुपूर्णिमा मेला
पोखरा, १२ फागुन । वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका वडा नं ८ कास्कीको आयोजनामा यही फागुन १७ देखि २१ गतेसम्म फागुपूर्णिमा मेला– २०७४ हुने भएको छ । खेलकुदको पहुँचबाट बञ्चित युवालाई विभिन्न खेलकुदमा संलग्न गराई अन्तरनिहित कला तथा क्षमतालाई प्रस्फुटन गराउने तथा तिनलाई सांस्कृतिक संरक्षण र प्रवद्र्धनमा जागरुक बनाउने...
पढाइका लागि वकालत अभियान
नेपालगञ्ज, १२ फागुन । बाँके जिल्लाका सबै ३६० विद्यालय, मदरसा र गुरुकुलमा सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी हुँदै गएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा सुधार ल्याउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत ६७८ टोल पढाइ समूहसमेत गठन गरिएको छ । ती समूहमा बालबालिकाका अभिभावक र समुदायका अगुवा...






