समाचार
चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारण लाइन निर्माण
काठमाडौँ, १२ फागुन । सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको...
राजिनामाको माग गर्दै माइतीघरमा गर्यो प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन
काठमाडौँ, १२ फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो । ‘माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरुले...
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चुनौती थपिँदै
वीरगञ्ज १२ फागुन । टाँगिया बस्ती व्यवस्थापन हुन नसक्दा राष्ट्रिय गौरबको परियोजनाका रुपमा रहेका दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा चुनौती थपिँदै गएको छ । प्रदेश नं २ अन्तर्गत बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पर्ने टाँगियाबस्ती सबैभन्दा ठूलो बस्ती हो । सरकारले उक्त बस्तीलाई अन्यत्र व्यवस्थापान गर्न...
सूर्यमुखीफूलको खेतीमा बढ्यो कृषकको आकर्षण
रामपुर, पाल्पा, १२ फागुन । पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ । सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने...
एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन
कलैया, १२ फागुन । बारामा यस वर्ष रु एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ । मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले...
जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु
सुरुङ्गा, झापा, १२ फागुन । झापाको बिर्तामोड नगरपालिका – ७ मा आज जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले...
प्रदेश नं ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं मुख्यमन्त्री गुरुङ
बेनी, म्याग्दी, १२ फागुन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ । आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । देशभरका करिब दुई हजार...
नगरपालिकाले गर्यो माटो परीक्षण शिविर
फलेवास, पर्वत, १२ फागुन । माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिखेतीका लागी माटो परीक्षण गर्न शुरु गरेको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले ११ वटै वडाका...
पक्की पुल निर्माण शुरु
नवलपरासी, १२ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) देवचुली नगरपालिका– ४ र १६ जोड्न शान्तीगैरामा पक्की पुल निर्माण शुरु भएको छ । नगरपालिकाको करिब रु २१ लाखको लागतमा पुल निर्माणकार्य शुरु भएको देवचुली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले बताउनुभयो । पुल निर्माण भएपछि यस क्षेत्रका हजारांै स्थानीयवासी लाभाम्वित बन्ने छन्...
बजेट अभावका कारण शिक्षकलाई तलब खुवाउन समस्या
बाबियाचौर, म्याग्दी, १२ फागुन । म्याग्दीका स्थानीय तहमा आवश्यकताअनुसार बजेट उपलब्ध नभएपछि शिक्षकलाई तलब खुवाउन समस्या भएको छ । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बजेटको अभावका कारण सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताले समयमै तलब पाउन सकेका छैनन् । अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब...








