समाचार

उद्योग वाणिज्य संघले संचालन गर्यो यू ट्युब च्यानल

सुर्खेत, १३ फागुन । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गर्नुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश...

महायज्ञबाट भयो तीन करोड संकलन

बेसीशहर, लमजुङ, १३ फागुन । लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो । फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानबाट सो रकम...

महिला पत्रकार गोले सम्मानित

काठमाडौँ, १३ फागुन । अशक्तताका बाबजुद पनि पत्रकारिता क्षेत्रमा दुई दशक लामो पत्रकारिता गर्दै आउनुभएकी महिला पत्रकार प्रवीणा गोलेलाई आदिवासी जनजाति पत्रकार महांघले शनिबार सम्मान गरेको छ । एक सय आठौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोद्धा तिमिल्सिनाले उहाँलाई सम्मान गर्नु भएको हो ।...

चुरोट कारखानाको भवनमा मन्त्रालय

महेन्द्रनगर, धनुषा, १३ फागुन । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक...

दुई साता बित्दा पनि विद्यार्थीको हातमा परेन पुस्तक

दुनै, डोल्पा, १३ फागुन  डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पु¥याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले...

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउँछु मुख्यमन्त्री

कञ्चनपुर, १३ फागुन । माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ । उहाँले प्रदेश...

तामाङ संस्कृति क्रिश्चियनीकरण, हिन्दुकरण र तिब्बतीकरणको मारमा

हेटौँडा, १३ फागुन । नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले मौलिक तामाङ संस्कृति हाल बाह्य संस्कृतिको मारमा परिरहेको बताएको छन् । २८५४ औं सोनाम ल्होछार खी ल्होको अवसर पारेर शनिबार हेटौंडा–१५ रातोमाटेमा भएको भव्य ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै घलानले तामाङ संस्कृति वर्तमान सन्दर्भमा मूलतः तीनवटा संस्कृतिहरु क्रिश्चियनीकरण, हिन्दुकरण...

३ थान सालको गोलिया सहित १ जना पक्राउ

–अनिल प्रित कोल्हवी, १२ फागुन । बारा प्रहरीले शनिबार दिउँसो २ बजेको समयमा बाराको करैयामाई गाउँपालिका वडा नं. ७ पर्ने बारा बजार नजिकैबाट ३ थान सालको गोलियासहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी नायव निरिक्षक सुरेन्द्र चौधरीको कमाण्डमाखटिएको टोलीले ११.०६ क्युफिट, गोरु, गाडा र...

माओवादी निकट ट्रेड युनियनमा गंगा चयन

मकवानपुर, १२ फागुन । नेकपा माओवादी केन्द्र निकट संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा गंगा भट्टराई चयन भएका छन् । शनिबार हेटौँडामा भएको जिल्ला सम्मेलनले अध्यक्षमा भट्टराईलाई चयन गरेको हो । भट्टराई यस अघि आयोजक समितिका संयोजक थिए । सम्मेलनले भट्टराई अध्यक्ष रहने गरि २१ सदस्यीय नयाँ...

शेयर बजार : एक अर्ब ७० करोडको कारोबार

काठमाडौँ, १२ फागुन । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा...