समाचार
अनिश्चितकालीनको लागि क्याम्पसमा तालाबन्दी
राजविराज, १३ फागुन । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ । नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै आज क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताउनुभयो...
खोलामा डुबेर एकको मृत्यु
उर्लाबारी, मोरङ, १३ फागुन । कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ । शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका...
क्रियाशील बन्दैछ स्थानीय तह
पोखरा, १३ फागुन । स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् । अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । संविधानमा स्थानीय...
कर्मचारी अभावले प्रदेशसभा सचिवालयमा हाहाकार, सभा संचालन गर्नै धौ–धौ
-चन्द्र घलान मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ मा मन्त्राय स्थापना भएको एक महिना पुग्नै लाग्दा सम्म कर्मचारी नआएपछि अहिले मन्त्रालयका कामहरु ठप्प जस्तै छ । अहिलेसम्म आधा कर्मचारी पनि उपस्थित नभएपछि कतिपय मन्त्रालयमा काम समेत सुरु हुन सकेको छैन । प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,...
दशवर्षे गुरुयोजनासहित रामघाटलाई विकास गरिँदै
रामपुर, पाल्पा, १३ फागुन । यहाँको प्रख्यात मानिँदै आएको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रामघाटको विकासमा दशवर्षे गुरुयोजनासहित भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । कालीगण्डकीको किनारमा अवस्थित रामपुर नगरपालिका–५मा रहेको यस रामघाट क्षेत्रको पौराणिक मान्यता जोगाई राख्न अहिले रामघाट संरक्षण समितिले दशवर्षे गुरुयोजना बनाएर धार्मिक तीर्थस्थल निर्माण कार्य...
स्थानीय हर्षित भए एकीकृत घुम्ती शिविरका कारण
डडेल्धुरा, १३ फागुन । डडेल्धुरा आलिताल गाउँपालिकामा एकदिने एकीकृत घुम्ती शिविरको आयोजनाले स्थानीय बासिन्दा हर्षित भएका छन् । जिल्ला सदरमुकाममा पाइने सम्पूर्ण सेवा आफ्नै घरदैलोमा पाएपछि आलिताल गाउँपालिका १ र २ वडाका स्थानीय सेवाग्राही दंग परेका हुन् । दुर्गमका साथै आर्थिक अभावका कारण जिल्ला सदरमुकाममा पाइने सेवा सुविधा लिनबाट...
४५ वर्षमा तीन वटा मात्र ढल
काठमाडौँ, १३ फागुन । खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४५ वर्षमा तीन वटा मात्र ढल निर्माण गरेको छ । नेपालभित्र खानेपानी र ढल निकासका लागि विसं २०२९ मा स्थापित विभागले हालसम्म काठमाडौँ उपत्यका र उपत्यका बाहिर तीन ढल निर्माण गरेको छ । विभागका अनुसार हालसम्म मनकामना ढल...
नेता दाहालको सम्पर्क कार्यालय हाकिमचोकमा
चितवन, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ को सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आज उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित दाहालले चितवनमा सुशासनसम्बन्धी काम र...
विदेशिनुभन्दा स्वदेशमै लगानी गर्नु उत्तम
सुरुङ्गा, झापा, १३ फागुन । बढ्दो वैदेशिक रोजगारीको मोहका कारण विदेशिने युवाका सामु सुरुङ्गाका युवा नमुना बनेका छन् । नेपालमा भनेजस्तो काम नपाइने र कमाइ गर्न पनि नसकिने भन्दै शैक्षिक प्रमाणपत्र काखी च्यापेर मेनपावर धाउनेको जमात पनि उत्तिकै छ । सुन्दर भविष्यको कल्पना गर्दै लाखौँ रुपैयाँ ऋण खोजेर विदेश...
मोटरसाइकल माइक्रोबसमा ठोक्किँदा दुई जनाको मृत्यु
अछाम, १३ फागुन । राजविराज– सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको छ । फत्तेपुरबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५०...










