समाचार

ज्वाला देवि प्रावि डुमारेको वर्तमान : फेरिँदो मुहार

हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बसामाडीमा पर्छ, ज्वाला देवि प्राथमिक विद्यालय । भौगोलिक रुपमा विकट यो प्रा.विमा अध्ययन गर्ने विद्यार्थीहरु एक घुट्को पानी पिउन पनि सोच्नु पर्ने अवस्थामा छन् । विद्यालय प्रशासनले ३ किलोमिटर टाढाँबाट पानी ल्याएर विद्यार्थीलाई खुवाउँछ । शौचालय जान पानीको चरम समस्या छ । जसका कारण...

आविष्कार केन्द्रलाई गर्यो आर्थिक सहयोग

बागलुङ, १४ फागुन । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि रु ७६ हजार आर्थिक सहयोग जुटाएको छ । गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो । उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष सोम शर्माले जानकारी दिनुभयो...

महोत्सवमा भयो रु १२ करोड बराबरको कारोबार

रामपुर, पाल्पा, १४ फागुन । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड बराबरको कारोबार भएको छ । तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३ देखि १३ गतेसम्म चलेको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड १० लाख बराबरको कारोबार भएको...

माओवादी संसदीय दलको मुख्य सचेतकमा नेपाली चयन

सुर्खेत, १४ फागुन । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ । माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिनुभयो । संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली...

चट्याङबाट आगलागी हुँदा जलेर मरे तीन चौपाय

संखुवासभा, १४ फागुन । संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भैँसी र एउटा गाईसहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ । नयन्द्रबहादुर न्यौपानेको घरमा परेको सो...

घरको भान्छामा पसेको दुर्लभ अजिंगरको उद्धार

रत्ननगर, चितवन, १४ फागुन । चितवनको रत्ननगर नगरपालिका– ७ स्थित बछौलीको एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ । आइतबार एक घरको भान्छामा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले उद्धार गरेको हो । उक्त अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी...

नेपाली ब्राण्डको चिया अनुसन्धान

धनकुटा, १४ फागुन । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै...

चालक र सहचालकको निःशुल्क आँखा परीक्षण

पोखरा, १४ फागुन । बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ आइतबार यहाँ आयोजित सार्वजनिक यातायात साधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण शिविरमा ९७० जनाको आँखा परीक्षण गरियो । हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको रजत महोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सय वर्ष पुगेको अवसरमा आयोजना...

चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान

नेपालगञ्ज, १४ फागुन । मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना ¥याली र सभाको आयोजना गरिएको छ । नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको ¥यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका...

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा पेश गरिएको प्रदेशसभा नियमावली मस्यौदा यस्तो छ (पूर्ण पाठ सहित)

मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा आईतबार बसेको बैठकमा ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पेश भएको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले मस्यौदा प्रतिवेदन पेश गरेका हुन् । मस्यौदा प्रतिवेदन पेश गर्दै सभापति पाण्डेले...