समाचार

शेयर मार्केट भवनमा लाग्यो आगलागी

काठमाडौँ, १४ फागुन । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ । घटनास्थलमा नेपाली सेना,...

तीन फरार अभियुक्त पक्राउ

बनियानी, झापा, १४ फागुन । जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...

राजमार्ग मर्मत कार्यमा सम्बन्धित पक्षले ध्यान नदिँदा सवारी चालक र स्थानीयलाई सास्ती

धुलिखेल, १४ फागुन । अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् । सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय...

अढाइ वर्षदेखि बन्यो नगर विकास कामकाजविहीन

भीमदत्तनगर, १४ फागुन । सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ । समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामकाज छानबिनका लागि भन्दै रोकेको थियो । नगरविकास...

आगलागीमा गम्भीर घाइते भएका तीन महिलामध्ये एकको मृत्यु

दुनै, डोल्पा, १४ फागुन । गत फागुन १२ गते आगलागीमा परेर गम्भीर घाइते भएका तीन महिलामध्ये एकको मृत्यु भएको छ । मुत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका–६ फुल्चिङका ६० वर्षीया मनरुपा चलाउने रहेकी छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मनरुपाको आइतबार बेलुकी निधन भएको घाइते प्रतिमा रोकायका बुबा...

भुपु विद्यार्थीले गर्यो विद्यालयलाई आर्थिक सहयोग

राइनास, लमजुङ, १४ फागुन  लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् । राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तरको...

पानीमा डुबेर बालकको ज्यान गयो

उर्लाबारी, मोरङ, १४ फागुन । मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय एक बालकको मृत्यु भएको छ । आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो । बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनको घटनास्थलमै...

प्रदेश नम्बर ३ को प्रदेशसभा नियमावली पारित, अर्को सूचना नआएसम्म सभा स्थगित

मकवानपुर, १४ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा सोमबार बसेको बैठकले ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पारित गरेको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले आईतबार सभामा पेश गरेको मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको हो । ४५...

सिरियामा कम्तिमा ३० दिनसम्म भए पनि युद्धविराम हुने अमेरिकाको आशङ्का

सयुक्त राष्ट्रसंघ, १४ फागुन । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको समाचार प्राप्त भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपीलगर्दै शनिबार...

गयो शक्तिशालि भुकम्प

बेइजिङ, १४ फागुन । पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै...