कर्णाली महिलामैत्री बनाउँछु : ज्वाला

तु खबर संवाददाता
२०७४ फाल्गुन २४, बिहीबार २०:०७
file photo

सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशका का मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई महिलामैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको राससले जनाएको छ ।

वीरेन्द्रनगरमा आज आयोजित १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा उहाँले अहिले मुलुकमा महिलाको ३३ प्रतिशत सहभागिता भएको र अब ५१ प्रतिशतभन्दा बढी सहभागिता दिइने बताउनुभयो ।

सामाजिक विकासमन्त्री दल रावलले महिलाका अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले आफ्नो दायित्व पूरा गर्ने जनाउनुभयो । कार्यक्रममा सांसद सीता नेपाली, प्रजिअ सीताराम कार्कीलगायतले पछिल्लो समयमा हरेक क्षेत्रमा महिलाको उल्लेख्य सहभागिता भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*