समाचार

बिपिन र थिन्लेको ‘नाका’ले फागुन १७ गतेदेखि हल कब्जा गर्ने

-चन्द्र घलान मकवानपुर, १४ फागुन । फरक विषयलाई लिएर निर्माण भएको नेपाली कथानक चलचित्र ‘नाका’ को प्रदर्शन यही फागुन १७ गते मोफसलमा रहेका हल र १८ गतेबाट काठमाडौँ उपत्यकामा प्रदर्शन हुने भएको छ । चलचित्रका प्रचारका क्रममा आज हेटौँडा आईपुगेका चलचित्र टोलीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै चलचित्र नेपालका विभिन्न...

कैलाली जिल्ला अदालतमा रेशम चौधरीको बयान लिइँदै

कैलाली, १४ फागुन । जिल्ला अदालत कैलालीमा आत्मासमर्पण गरेका टिकापुर हत्या प्रकरणका मुख्य ओरोपी रेशम चौधरीको कैलाली जिल्ला अदालतमा बयान लिन सुरु गरिएको छ । थरुहट आन्दोलनका क्रममा टीकापुरमा प्रहरीसहित ९ जनाको हत्या भएको घटनाका मुख्यअभियुक्त ठानिएका चौधरीको बयान लिइएको हो । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारू...

छ महिनापछि खुल्यो क्याम्पसको तालाबन्दी

लहान, १४ फागुन । करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ । क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन९अनेरास्ववियु० र क्याम्पस प्रशासनबीच हिजो आइतबार भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्दी खोलिएको हो । क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि...

कानून मस्यौदा तथा सुझाव आयोग गठन गरियो

बुटवल, १४ फागुन । प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ । केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो । आयोगको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा कुमार आचार्य र सदस्यमा...

राप्ती र नारायणीमा दुई भाले घडियाल गोही देखिए

चितवन, १४ फागुन । भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ । गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा...

स्थानीय तहमा विषयगत कार्यालय नभएका कारण समस्या

बैतडी, १४ फागुन । जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन । सम्बन्धित कार्यालयको अभाबमा विकास निर्माणदेखि स्थानीय सरकारबार्टे समान्य सेवासुविधा पनि सर्वसाधारणले अझै पाउन सकेका छैनन् । जिल्ला स्तरका अधिकांश विषयगत कार्यालय स्थानीय तहमा स्थापना हुन नसक्दा सेवाग्राही समस्यामा परेका हुन् । स्थानीय...

नेविसंघको प्रवक्तामा जोशी नियुक्त

काठमाडौँ, १४ फागुन । नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त हुनुभएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहनुभएका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न र प्राज्ञिक तथा सूचना...

होलीको अवसरमा विशेष सुरक्षा योजना

चितवन, १४ फागुन । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष...

मन्त्रिमण्डल विस्तार हुँदै

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा (एमाले)का अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर...

प्रदेश नम्बर ३ मा नेपालको संविधान बमोजिम २३ प्रदेश कानुन बन्ने

हेटौँडा, १४ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा नियमावली पारित भएसँगै प्रदेश नम्बर ३ मा नेपालको संविधान अनुसार बन्नु पर्ने २३ प्रदेश कानुन निर्माण हुने भएको छ । कानुनको अभावमा सरकार तथा सांसदले काम गर्न समस्या परेपछि प्रदेश नंबर ३ मा कानुनको निर्माण द्रुत गतिमा गर्न थालिएको हो...