समाचार
चितुवाले गर्यो बालकमाथि आक्रमण
बैतडी, १५ फागुन । बैतडीमा सोमबार राति नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । घरकै भुइँतलाको भान्छा कोठामा रहेका बालकमाथि चितुवाले आक्रमण...
वाम गठबन्धनसहितको सरकार गठन
राजविराज, १५ फागुन । प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुनसक्ने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्, सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित ‘होलीको शुभकामना, बधाई तथा सम्मान कार्यक्रम’ मा नेता मण्डलले प्रदेशको समृद्धि...
जंगली हात्तीले विचल्ली बनाएको परिवारलाई राहत
कञ्चनपुर, १५ फागुन । जंगली हात्तीको झुण्डले घर भत्काई विचल्लीमा पारेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीले सोमबार राहत सामग्री वितरण गरेको छ । हात्तीले घर भत्काई अन्न खाएर नोक्सानी गरेका ४१ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । पीडित परिवारलाई छानाका लागि त्रिपाल तथा खाना पकाउन...
शिल्पाको ‘मंगलम’ मा पारिवारिक कथा, प्यारी छोरीदेखि असल जीवनसँगीनीको भेषमा शिल्पाको भूमिका
-चन्द्र घलान मकवानपुर, १४ फागुन । नायिका शिल्पा पोखरेलले निर्माताका रुपमा डेब्यू गरेको पहिलो चलचित्र ‘मंगलम’ यही फागुन २५ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रचार प्रसारको क्रममा आज प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडामा आईपुगेको चलचित्र टोलीले पत्रकार सम्मेलनमार्फत चलचित्रको बारेमा जानकारी दिएका हुन्...
‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’: भारतीय नेता
काठमाडौँ, १४ फागुन । नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल–भारत सम्बन्धलाई...
दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ‘जिपिएस’ जडान
सुर्खेत, १४ फागुन । दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न थालिएको छ । कर्णाली प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारको ४० बुँदे योजनाअनुसार जिपिएस जडान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनुभयोे । कर्णाली प्रदेशको कर्णाली राजमार्गका...
बालविवाहको मारमा ग्रामीण भेगका महिला
बझाङ, १४ फागुन । सामा अक्षर चिनेकै छैन, नौ वर्षको उमेरमा कल्पना बोहोराको छिमेकी गाउँको १२ वर्षीया केटासँग मागि बिहे भएको थियो । १४ वर्षको उमेरमा त उनी आमा बनिसकेकी थिइन् । आफूले बिहे गर्न नमाने पनि बाबुआमाको बाध्यताले बिहे गरेको बताउने बुगल नगरपालिका–३ की कल्पना बोहोराका साथमा अहिले...
१६ महिलाई मृत्युदण्डको सजाय
बग्दाद, १४ फागुन । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताउनुभएको छ । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक...
तालीमकेन्द्रमा सैनिक आक्रमण, १४ मारिए
काबुल, १३ फागुन । अफगानिस्तानको राष्ट्रिय सैनिकले तालिवानको नियन्त्रणमा रहेको उनीहरुको एउटा तालीमकेन्द्रमा आक्रमणगरी ध्वस्त पारिदिएको छ । अफगान राष्ट्रिय सैनिक नेतृत्वको एक समूहले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिावान लक्षित सो कारबाही गरेको अफगानिस्तानको गृह मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । त्यस केन्द्रमा तालिवानले राखेका कैयौं...
श्रीदेवीको पार्थिक शरीर मुम्बइ ल्याइदै
मुम्बइ, १४ फागुन । भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उहाँको मृत्यु भएको थियो ।...










