गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन

तु खबर संवाददाता
२०७४ फाल्गुन २५, शुक्रबार १६:१८

काठमाडौँ २५ फागुन । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।

मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले जनाएको छ ।

विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बन्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*